फोटोग्राफी दिवस: ‘तस्बिरमा बालबालिका’
१८४ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार (आज) एकदिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो।
१८४ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार (आज) एकदिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो।
प्रतिष्ठानले सञ्चालन गरेको पोषण सुधार तथा पुनर्स्थापना गृहमा अहिले १२ जना आमाका १४ बच्चा भर्ना छन्। तीमध्ये दुईजना आमाका जुम्ल्याहा बच्चा छन्। पोषण सुधार तथा पुनर्स्थापना गृहका व्यवस्थापक महेन्द्र हमालका अनुसार बाजुरा, हुम्ला, मुगु, दैलेख, कालिकोट, डोल्पा र जुम्ला जिल्लाका बच्चा र आमाले लाभान्वित छन्। उनका अनुसार गत वर्ष १ सय २८ जनाले सेवा लिएका थिए। त्यस अघिल्लो वर्ष १ सय ३० जनाले सेवा लिएका थिए।
पर्वत जिल्ला घर भई हाल नवलपरासीमा बस्दै आएकी सुनिताले वित्तीय संस्थामा धितो राखेर लिएको ५ लाख र आर्थिक सहयोग जुटेको २ लाख सकिएको छ।
कपिलवस्तुको विजय नगर गाउँपालिकामा २ जलियामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ। स्थानीय चाँद अलि भाँटको छोरी साहिमा भाटको करेन्ट लागेर मृत्यु भएको हो।
बाँकेमा आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ।
बेवारिसे अवस्थामा तीन बालबालिका फेला परेका छन्। कालिकोटको पलाँता गाउँपालिका— ८ घर बताउने वर्ष १३ का मदन बम, वर्ष १० का भूपेन्द बम र वर्ष ७ की दर्पना बम दैलेखको डुंगेश्वरमा फेला परेका हुन्।
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
कृषकहरू खेतवारी तथा गाईवस्तुको काम गर्ने क्रममा सर्पले टोक्ने गरेको र बालबालिका खेल्ने क्रममा, राति सुतेको बेलामा टोकाइमा पर्ने गरेको पाइएको छ।
डडेल्धुरामा रोजगारीका लागि बिचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिंदा तीन बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।
सुर्खेतको गुर्भाकोट नगरपालिकाले नगर क्षेत्रभित्रका सहारा विहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ। नगरपालिकाले नगर क्षेत्रभित्रका अभिभावक नभएका, पूर्ण अपाङ्गता भएका अभिभावकका बालबालिकाहरूलाई आवासीय सुविधासहित खाना, नाना, छानासहित शिक्षाको व्यवस्था गरेको हो।
भर्खर बाह्र वर्ष पुगेकी सुनसरी हरि नगरकी खुम्बु मेहता पढिरहेको बर्जु वडा नं. २ को राम सीता माध्यमिक विद्यालयमा पुग्दा नव आगन्तुक देख्ने बित्तिकै हातले सङ्केत गरेर सोधी–खोजी गर्न थालिन्।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयका कर्मचारीहरूका बालबालिकाका लागि उक्त सेवा सञ्चालनमा ल्याएको हो।
नेपाल प्रहरीका पूर्व हवल्दारलाई बालिका बलात्कार गरेको आरोपमा मोरङको कटहरीबाट प्रहरीले पक्राउ गरेको छ।