१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

करेन्ट लाग्दा बालिकाको मृत्यु, हजुरआमा घाइते

कपिलवस्तुको विजय नगर गाउँपालिकामा २ जलियामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ। स्थानीय चाँद अलि भाँटको छोरी साहिमा भाटको करेन्ट लागेर मृत्यु भएको हो। 

घटनामा बालिकाकी हजुर आमा घाइते भएकी छिन। नलको मोटरकालागि लगएिको बिद्युतको तार छुपा साहिमालाई करेन्ट लागेको थियो। हजुर आमा ४८  बर्षिया अन्जुम भाँटले नातिनीलाई बचाउनेक्रममा करेन्ट लागेर घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानाले बताए।

 दुबैलाई उपचाकालागि चन्द्रौट तर्फ लानेक्रममा बालिकाको मृत्यु भएको र हजुर आमाको संजीवनी अस्पतालमा उपचार भईरहेको रानाले बताए। 

प्रकाशित: २६ श्रावण २०८० ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App