२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

संगीतकार शम्भुजीत बासकोटालाई मातृ शोक

वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई मातृ शोक परेको छ । उनकी १०६ वर्षीया आमा मिटु बासकोटाको आइतबार बिहान उपचारका क्रममा निधन भएको हो ।

उमेरसँगै देखिएका स्वास्थ्य समस्याका कारण उनी चाबहिलस्थित ओम अस्पतालमा उपचाररत थिइन् । उपचारकै क्रममा उनको निधन भएको परिवारले जनाएको छ ।

मिटु बासकोटाका एक छोरा र तीन छोरी छन् । आमाको निधनप्रति शोक व्यक्त गर्दै शम्भुजीत बासकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैंका लागि बिदा लिनुभयो।’

प्रकाशित: २० पुस २०८२ १६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App