२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कतारमा १० इरानी रिभोलुसनरी गार्डका 'जासूस' पक्राउ

कतारको सरकारी समाचार एजेन्सीले बुधबार बिहानै कतारी सुरक्षा बलले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका लागि काम गर्ने दुई युनिटका केही सदस्यहरूलाई पक्राउ गरेको जनाएको छ।

समाचार एजेन्सीका अनुसार सात संदिग्धहरूलाई देशको महत्त्वपूर्ण सैन्य संरचनाहरूसँग सम्बन्धित जानकारी सङ्कलन गर्न जासुसी अभियानमा खटाइएको थियो।

यसबाहेक, अन्य तीन जना अभियुक्तहरूलाई ड्रोन प्रयोगको तालिम दिइएको पनि उल्लेख छ।

एजेन्सीले भनेको छ कि सोधपुछका क्रममा अभियुक्तहरूले इरानको रिभोलुसनरी गार्डसँगको आफ्नो सम्बन्ध स्वीकार गरे र उनीहरूलाई जासुसी र तोडफोड जस्ता मिसनहरू तोकिएको बताए।

इजरायल र अमेरिकाले शनिबार इरानमाथि आक्रमण गरेपछि इरानले मध्यपूर्वी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App