जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। मौन अवधिका बेला मंगलबार राति यादव नगदसहित पक्राउ परेका हुन्।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतले जनाएको छ।
प्रहरीले गाडीबाट मतपत्र र रकमसहित पक्राउ परेका यादवसहितलाई आवश्यक कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय सिरहा पठाउँदै छ।
प्रकाशित: २० फाल्गुन २०८२ ०८:५१ बुधबार

