३२ असार २०८३ बिहीबार
image/svg+xml
अपराध

मकवानपुरबाट १०९ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुर मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा १०९.०९६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ।

चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको जीपलाई प्रहरीले विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाइछिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा रहेको १०९.०९६ किलोग्राम गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका–७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ रहेका छन्।  

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ असार २०८३ ११:२० बुधबार