१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रस्ताव आए निर्वाचनमा सहकार्य गर्न सकिन्छ: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताएका छन् ।  

आइतबार नेपाली कम्युनिष्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् पछिल्लो राजनीतिक घटनाक्रमले आगामी चुनावमा चुनौती रहेकाले प्रस्ताव आए ठूला दलसँग मिलेर अगाडि बढ्न तयार रहेको बताएका हुन् ।  

त्यसका लागि निर्णायक दुई ठूला दलको भूमिका रहेको बताउँदै उनले त्यसका लागि आफू तयार रहेको बताए । तर एउटा जता ढल्यो त्यतै जानेभन्दा पनि सबैलाई सहज ढङ्गले एकबद्धता भएर अगाडि लिएर बढ्दा उचित हुने उनको सुझाव छ।

अरेका भरमा सत्यतथ्य नबुझी हाहा र हुहुको भरमा अगाडि जान खोज्नुभन्दा बुझेर राजनीतिमा पाइला चाल्नु उचित रहेको बताउँदै उनले आफ्नो पार्टी एकतामा लागेको बताए ।  

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको माग जायज थिए, तर घुसपैठका कारण देशको स्थिति भयानक भएको उनले भनाइ छ । 

प्रकाशित: २० पुस २०८२ १६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App