२३ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

फाइल तस्वीर

डडेल्धुरामा रोजगारीका लागि बिचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ। आर्थिक अवस्था कमजोर हुँदा उनीहरू पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन्। कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिंदा पनि पढाइ छोड्न बाध्य छन्।

भागेश्वर गाउँपालिकामा बिचमै पढाइ छाड्नेको संख्या अत्यधिक रहेको पाइएको छ। गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बिचमा नै कक्षा छोड्ने छात्रछात्राको संख्या बढी रहेको गाउँपालिकाले जनाएको छ।

यसरी पढाइ छोड्नेमा छात्रा बढी छन्। उनीहरूका परिवारले सानो उमरेमा विवाह गरिदिने पाइएको छ।

डडेल्धुरामा रोजगारीका लागि बिचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ। आर्थिक अवस्था कमजोर हुँदा उनीहरू पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन्। कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिंदा पनि पढाइ छोड्न बाध्य छन्।

यो समस्या भागेश्वरको मात्रै होइन। जिल्लाका अन्य पालिकामा पनि रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। १ कक्षादेखि १० सम्म विद्यालय छाड्ने बालबालिका बढी छन्।  कतिपय स्थानीय तहका माध्यमिक विद्यालयमा कृषि, वन विज्ञान लगायत विषयको पढाइ सुरु भए पनि उच्च शिक्षाका लागि बाहिर जानुुपर्ने बाध्यता छ।

‘आर्थिक अवस्था कमजोर भएका अभिभावकले आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउन सकिरहेका छैनन्’, अजयमेरु गाउँपालिका-१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले भने। स्थानीयस्तरमै बालिबालिकाले उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन आवश्यक भएको उनको भनाइ छ।

भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म करिब ५.५ प्रतिशत बालबालिकाले बिचमै  पढाइ छाडेको पाइएको छ। बत्तीस विद्यालय रहेको उक्त गाउँपालिकामा आठ माध्यमिक तथा २४ आधारभूत विद्यालय छन्।

चालु शैक्षिक सत्रमा तीन हजार पाँच सय ५१ बालबालिका विद्यालयमा भर्ना भएका छन्। करिब ५.५ प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन्। सामाजिक सञ्जालको दुरूपयोग, भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बिचमै पढाइ छोडी रोजगारका लागि भारत जानेको संख्या अत्यधिक छ।

भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म करिब ५.५ प्रतिशत बालबालिकाले बिचमै  पढाइ छाडेको पाइएको छ।

गरिबीका कारण उच्च शिक्षा पढाउन नसक्ने र रोजगारकै लागि अभिभावकले आफूसँगै भारत लैजाने गरेका स्थानीय रमेश लुहारले बताए।

‘रोजगारीको ग्यारेन्टी छैन, पछि पनि रोजगारका लागि विदेशिनुपर्ने हो भन्दै सानै उमेरमा पढाइ छोड्ने चलन छ’, उनले भने, ‘छोरालाई रोजगारका लागि बाहिर पठाउने र छोरीको सानैमा विवाह गरिदिने चलन अहिले पनि व्यापक छ।’

प्रकाशित: २८ असार २०८० ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App