भोलि र पर्सि काठमाडौंका ४ क्षेत्रको विद्युत आपूर्ति बन्द हुने (तालिकासहित)
नेपाल विद्युत प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्तर्गत काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत बन्द गर्ने भएको छ।
नेपाल विद्युत प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्तर्गत काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत बन्द गर्ने भएको छ।
वीरेन्द्रनगरका बाढीपीडित तुलबहादुर सुनार अटो चलाउँछन्। जसबाट उनी दैनिक सात/आठ सय रुपैयाँसम्म आम्दानी गर्छन्। उनले आम्दानीको पाँच सय रुपैयाँ अटोको मासिक किस्ता बुझाउन छुट्याउनु पर्छ भने बाँकी रकमले साँझबिहानको छाक टार्न र छोराछोरीको शिक्षादीक्षामा खर्चिन्छन्। तर प्रचण्ड–माधव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबार गरेको बन्दको प्रभावले गर्दा उनले अटो चलाउन पाएनन्।
नेकपाको दाहाल–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्दा धेरैतिर तोडफोड, कुटपिट, अवरोध, आगजनीका घटना घटे । तर, पर्यटकीय सहर पोखरामा भने बन्दकर्ताको शैली अन्यत्रको भन्दा केही फरक देखिन्थ्यो ।
प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल–माधव कुमार नेपाल पक्षले गरेको बन्दका क्रममा जनकपुरमा प्रहरीले बल प्रयोग गर्दा पूर्वमन्त्रीसहित चारजना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउदै काठमाण्डौमा सडकमा उत्रेका छन । प्रचण्ड माधव समुहले आह्वान गरेको आमहड्ताल सफल बनाउन मन्त्री भट्ट काठमाण्डौको ललितपुरको दोवाटो क्षेत्रमा बन्द गराउदै निस्केका हुन । मुख्यमन्त्रीका स्वकिय सचिव शिव सिंह ओलीले मुख्यमन्त्री बन्द गराउदै हिडेको तस्विर समाजिक सन्जाल फेसवुकमा समेत राखेका छन ।
नेकपा (दहाल-नेपाल पक्ष) ले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा (दाहाल-नेकपा पक्ष) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झाको टाउको फुटेको छ।
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह)ले आयोजना गरेको हड्तालको प्रभाव खोटाङमा पनि परेको छ। हड्तालको प्रभाव यातायात, शैक्षिक संस्था र व्यपार–व्यवसायमा बढि परेको देखिएको छ।
नेकपा दाहाल–नेपाल समूहको आमहडतालको क्रममा लहानमा एक ट्रकमा तोडफोड भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार को १ ख ७६५२ नम्वरको मालवाहक ट्रकमा बन्दकर्ताले तोडफोड गरेका छन।
बन्दलाई सघाएको भन्दै तनहुँ प्रहरीले नेकपाको दाहाल–नेपाल पक्षका नेतालाई पक्राउ गरेको छ । प्रहरीले बन्दकर्तालाई पक्रेपछि पृथ्वी राजमार्गमा स्कर्टिङ गरेर सवारी संचालन गराएको थियो ।
सरकारले अनावश्यक रूपमा सहसचिव र उपसचिव सरहका २ सय ३१ पद दरबन्दी सिर्जना गरी ७७ वटै जिल्लामा जिल्ला भूमिसम्बन्धी समस्या सामाधान आयोग (सुकुमबासी आयोग) गठन गरेको छ। यसबाट तलब र भत्तामा मात्रै १५ करोड रूपैयाँभन्दा बढी व्ययभार थपिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक आयोगका प्रमुख आयुक्त, अध्यक्ष तथा आयुक्त र सदस्य गरी ३२ जनालाई नियुत्ति गरेसँगै नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले नियुक्तिमा जबर्जस्ती गरिएको भन्दै बिहीबारका लागि आमहडताल घोषणा गरेको छ ।
नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि उठे पनि लामो समयसम्म त्यसले मूर्त रूप लिन सकेन। नेपाल सक्दो छिटो पाइपलाइन बनाउन चाहन्थ्यो, भारतको नीति भने ठीक उल्टो देखिन्थ्यो। नेपालमा २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका घटनाक्रमले भारत आफैं पाइपलाइन बनाउन अगाडि सर्यो।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ।
साना तथा मझौला आकारका चिटिक्क परेका घर । रातो, निलो, हरियो रङ भएका जस्तापाताले रंगिन गाउँ तथा बस्ती । टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानीका धारा । घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली ।
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई प्रअ नियुक्ती गर्नेगरी गरेको शिक्षक दरबन्दी मिलानका निर्णयलाई कार्यान्वयन नगर्नका लागि दिएको अल्पकालिन अन्तरिम आदेश बदर गरेको छ।