२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भोलि र पर्सि काठमाडौंका ४ क्षेत्रको विद्युत आपूर्ति बन्द हुने (तालिकासहित)

फाइल तस्वीर।

नेपाल विद्युत प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्तर्गत काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत बन्द गर्ने भएको छ। प्राधिकरणका अनुसार साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागिएको हो।

शनिबार बिहान ११ देखि दिउँसो साढे २ बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ। शनिबार नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि मध्याह्न साढे १२ बजेसम्म र कोटेश्वर फिडरको दिउँसो साढे १ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म विद्युत काटिनेछ।

यस्तै, कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत बन्द हुने बानेश्वर वितरण केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।

तालिका:

प्रकाशित: ३० माघ २०७७ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App