२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फोक्सिन्टारको पुल बगेपछि लम्बियो खोटाङवासीको यात्रा

फोक्सिन्टारको पक्कीसँगै बीचबीचका आधादर्जन झोलुङ्गे पुलहरु पनि बाढीले बगाएका कारण काठमाडौंँ आउजाउ गर्ने घुर्मी नाका एक मात्र विकल्प बाँकी रहेको खोटाङ यातायात प्रालिले जनाएको छ ।

मनसुनी विपद्‍बाट मृत्यु हुने १४९ पुगे, ५९ जना अझै बेपत्ता

मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै ७४ जना छन् । काठमाडौंमा ४७, ललितपुरमा २२ र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो ।

ख्वप विश्वविद्यालयले माग्यो सल्लाघारीमा रहेको १०८ रोपनी जग्गा

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई भेटेर विश्वविद्यालय सञ्चालनका लागि उक्त जग्गा उपलब्ध गराउन माग गरेको हो ।

अहिलेसम्म विपद्बाट दुई सय ११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति

नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट दुई सय ११ जनाको मृत्यु भएको छ।

‘मनसुन’ मा पर्यटक कसरि भित्र्याउने?

पर्यटन व्यावसायीका अनुसार पर्यटकीय हिसाबले यो बेला ‘अफसिजन’ हो। मनसुनको यो बेला विदेशी पाहुना कम हुनुलाई व्यावसायीले स्वभाविक पनि मान्छन्। तर, उनै व्यावसायीले ‘पोखरा सबै मौसमका लागि’ भन्दै पाहुनालाई घुम्न पनि बोलाउँछन्।

गण्डकीमा मनसुनको मारः १५ दिनमा ३९ जनाको ज्यान गयो

पछिल्लो १५ दिनमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परेर ३९ जनाको ज्यान गएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी मानवीय क्षति कास्कीमा भएको छ। प्रदेशभित्रका गोरखा तथा हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक प्रदेशका अरु सबै जिल्लामा बाढीपहिरोले मानवीय क्षति भएको प्रहरीले बताएको छ। कास्कीका ११ जनाको विहीबार रातीको अविरल वर्षापछिको पहिरोले घर पुरिँदा ज्यान गएको थियो।

पर्यटनमा मनसुनको असरः चारैतिरको पहिरोले पोखरा ‘लक’ भयो, पाहुना रोकिए

मनसुनसँगै पर्यटकीय क्षेत्र लेकसाइड पनि सुस्ताएको छ। पर्यटन व्यावसायीका अनुसार केहीदिन अघिसम्म आन्तरिकसँगै भारतीय पर्यटकको भीडभाड रहेको पोखरामा अहिले पाहुना निकै नै कम रहेको पर्यटन व्यावसायीले बताएका छन्। होटलका पाहुना घटेसँगै अकुपेन्सी कम भएको व्यावसायीले बताएका छन्।

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो।

गण्डकीमा मनसुन कहर: चार दिनमा ११ जनाले ज्यान गुमाए

अविरल वर्षापछिको शुक्रबार राती आएको पहिरोले घर पुरिँदा पुरिएर स्याङजा र बागलुङमा गरि चारजनाको ज्यान गएको छ। मृतक मध्ये एकजना बालिका, दुइजना महिला र एकजना पुरुष रहेको प्रहरीले बताएको छ। गण्डकी प्रदेश प्रहरीका कार्यालयका अनुसार बाढी पहिरोमा परेर गण्डकी प्रदेशमा चारदिन अवधिमा ११ जनाको ज्यान गएको छ।

काभ्रेका थर्कमान लामा ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ

काभ्रे तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय थर्कमान लामा ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।

सुनकोसी–मरिन डाइभर्सन आयोजना : छिचोलियो सुरुङ

काठमाडौं नागढुंगा–सिस्नेखोला सडक आयोजनाको मुख्य सुरुङमार्ग छिचोलेको तीन सातापछि बुधबार सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ।

आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त

खेतमा झारपात डढाउने गरि बालेको आगोले भीषण आकार लिदैं बगैँचामा पस्दा स्याङ्जामा ठूलो आकारमा सुन्तलाखेतीमा नोक्सान पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्