२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अस्थिर नीतिले औद्योगिक विकास अघि बढेन: ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्।

जथाभावी नदी दोहन:अध्ययन गरी प्रतिवेदन बुझाउन आदेश

देशभर अनियन्त्रित रूपमा भइरहेको नदी दोहनबाट मुलुकको परिस्थितिकीय प्रणाली, जनजीवन, विकास र वातावरणमा गम्भीर असन्तुलन उत्पन्न भएको छ ।

काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजना: आगामी वर्षलाई आधा खर्ब बजेट माग

सरकारले आर्थिक वर्ष २०७७/७८ मा काठमाडौं–तराई/मधेश द्रुतमार्गको लागि ८ अर्ब ९६ करोड ८८ लाख रूपैयाँ विनियोजन गरेको थियो। तर नेपाली सेनाले सो अवधिमा ८ अर्ब ७३ करोड १२ लाख रूपैयाँ मात्रै खर्च गर्‍यो। यो खर्च पनि सुरुङ खण्डको मोबिलाइजेसन पेस्कीसहित हो।

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ: वनमन्त्री यादव

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताएका छन्।

कर्मचारी र ठेकेदारबाट रकम उठाउँदै वन सचिव

दुर्घटनामा मोटरसाइकल चालक २६ वर्षीय नवीन पुन गम्भीर घाइते भए। पुनको उपचारका लागि मन्त्रालयका सचिव जोशी अहिले मातहतका कार्यालय, काठ व्यवसायी र कर्मचारीसँग रकम उठाइरहेका छन् ।

चिसो र प्रदूषणबाट जोगिन विज्ञ सुझाव

मौसमविद् प्रतिभा मानन्धरले शनिबारपछि हल्का बदली हुने र चिसो बढ्ने सम्भावना रहेको बताइन्। मौसम पूर्वानुमान महाशाखाले शनिबार पहाडी भूभागको केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

बाघ संरक्षणको मुख्य चुनौती चोरी र शिकार: मन्त्री यादव

सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए। त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए। यो सङ्ख्या बढेको अनुमान गरिएको छ।

किस्ट कलेजको वातावरणमैत्री एम्बुलेन्स

किस्ट मेडिकल कलेजले इलेक्ट्रिक एम्बुलेन्स प्रयोगमा ल्याएको छ। कलेजले प्रयोगमा ल्याएको बिवाइडी एम्बुलेन्सभित्र बिरामीका लागि अत्याधुनिक उपकरण जडान गरिएको छ।

आवश्यकता सामूहिक प्रतिबद्धताको

कतिपय विषय जस्तो कि नैतिक मूल्य/मान्यता, जवाफदेहिता र अमुख विषयप्रतिको दृष्टिकोण प्रायः नेतृत्व तहबाट तल्लो संरचनातर्फ सहजै प्रसारित हुँदै जाने सरल प्रक्रिया हो।

२० सदस्यीय प्रतिनिधि मण्डल सहित प्रधानमन्त्री देउवा बेलायत भ्रमण आउने

प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन्।

लुम्बिनी प्रदेशका वनमन्त्री हमाललाई गृह जिल्ला बाँकेमा स्वागत

लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई गृहजिल्ला बाँकेमा स्वागत गरिएको छ।

नवनियुक्त प्रदेश मन्त्री हमालको संघर्ष

‘मेरो परिवारै राजनीतिक परिवार हो, पञ्चायत कालमा पनि मेरो परिवारमा स्वर्गीय रणेन्द्र हमाल ‘भाईराजा’ हुनुहुन्थ्यो, जसले एक दशकसम्म नेपाली कांग्रेसमा योगदान पुर्याउनु भयो, मलाई पनि राजनीतिक नशाले छोयो, मैले खेलकुद र राजनीतिलाई सँग–सँगै अगाडि बढाएँ,’ हमाल सम्झन्छन्।

गन्तव्य ग्लास्गो

बदलिँदो आवश्यकताको पृष्ठभूमिमा जलवायु परिवर्तनको विषयलाई सम्बोधन गर्न छुट्टै निकाय गठनको आवश्यकता छ। यसले जलवायु परिवर्तनप्रति नेपालको गंभीरतालाई विश्व समुदायसमक्ष प्रस्तुत गर्नेछ।

बहुपक्षवादको सुदृढीकरण

संयुक्त राष्ट्र संघले गत वर्ष गरेको विश्वव्यापी परामर्शमा अधिकांशले महामारी तथा जलवायु परिवर्तन जस्ता विषयमा सम्बोधन गर्न विश्वव्यापी सहयोग आवश्यक रहेको बताएका थिए। अधिकांश नागरिकको यही माग पूरा गर्न विश्व नेताले संयुक्त राष्ट्र संघसहित बहुपक्षीय निकायलाई सशक्त पार्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।

ह्युमपाइप राखेर मेलम्ची तर्ने वातावरण तय गर्दै नगरपालिका

मेलम्ची नगर उद्योग वाणिज्य सङ्घ तथा स्थानीयवासीको आग्रहपछि उपभोक्ता समितिमार्फत नगरपालिकाले बजेट विनियोजन गरी ह्युमपाइप राख्ने काम भइरहेको उपभोक्ता समितिका सचिव जयराम दुलालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्