५ आश्विन २०८१ शनिबार
image/svg+xml

नगरेको कामको जस लिँदै सरकार

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारले दर्जनौं उपलब्धि हासिल गरेको भन्दै फेहरिस्त सुनाए। तर ज्ञवालीले दाबी गरेका उपलब्धि यो सरकारले हात पारेको नभई वर्षाैंदेखि निर्माणाधीन हुँदै आएका आयोजना हुन्। सरकारले जस लिन खोजेको मात्र हो।

चिसिँदै सरकार–संसद् सम्बन्ध

सरकारले संसद्को सहमतिबिना नयाँ कानुन बनाउन वा नयाँ कर उठाउन सक्दैन भन्ने संसदीय प्रणालीको मान्यता भए पनि संसद्को अधिवेशन अन्त्य गर्दै अध्यादेश ल्याउने प्रवृत्ति देखिँदै आएको छ।

सदनमा प्रधानमन्त्रीको राजीनामा माग

ओली नेतृत्वकै सरकारका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङलाई बोल्दा एउटा शब्द गलत प्रयोग भएपछि नैतिकताका आधारमा राजीनामा दिन लगाइएको र सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनसम्बन्धी अडियो टेप सार्वजनिक भएपछि नैतिकताका आधारमा राजीनामा दिएको प्रसंग कोट्याउँदै सांसद पम्फा भुसालले भनिन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक ठहरिएपछि प्रधानमन्त्रीले चाहिँ नैतिकता देखाउनु पर्दैन ?’

नयाँ सत्ता गठबन्धन कसरतः कांग्रेस–माओवादी–जसपा सम्भावना बढी

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै ल्याउने तयारी भएको छ।

चामल माग्न बझाङबाट काठमाडौं

गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको छोरो बोकेर राजधानी आएकी छन्। उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन्।

जसपामा किचलाे : पदाधिकारी बैठक निष्कर्षहीन, कार्यकारिणी समिति बैठक स्थगित

सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन। वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन।

कर्णाली प्रदेशः एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तीन वर्षअघि नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। एमाले संसदीय दलको बहुमत सांसदको उपस्थितिमा बुधबार बसेको बैठकले २०७४ फागुन ४ गते मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

कांग्रेस नेतृत्वमा चुनावी सरकार : शेखर कोइराला

‘मुलुकको निकासको अन्तिम बिकल्प भनेकै निर्वाचन हो, फलतः अब निर्वाचन मुखी सरकार निर्माण हुनुपर्छ,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने ‘कांग्रेस निर्वाचन मुखी सरकारको पक्षमा छ ।’

कोरोना खोपको दोस्रो डोज पुग्ला त ?

सरकारी अधिकारीले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको खोपको दोस्रो खेप सोमबारसम्म आउने बताए पनि खोप निर्माता कम्पनीले खोप नेपाल पठाएन। कम्पनीले अब कहिले आपूर्ति गर्छ भन्ने कुनै सुनिश्चतता नभएको देखिएको छ। सरकारले सेरमसँग खोप खरिद गरेको २० लाख मध्ये १० लाख खोप डोज उक्त कम्पनीले उपलब्ध गराएको थियो भने दोस्रो खोप मार्च १५ सम्म नेपाल आउन सक्ने सरकारी अधिकारीले आशा व्यक्त गरेका थिए।

माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुबीचको भेटवार्ता सकियो, ठाेस निर्णय हुन सकेन

नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ। शनिबार पेरिसडाँडामा भएको भेटवार्तामा नयाँ सरकार गठनका विषयमा छलफल भएपनि ठोस निर्णयमा भने नपुगेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘कम्युनिष्टले सत्ता चलाउन सकेनन्, अब हामी नेतृत्व लिन्छौं’

राजनीति सत्ताकै लागि हो । देश र जनताका लागि भलाई र सेवा गर्ने कामका लागि सत्तामा जाने हो । मौका र जिम्मेवारी आउँदा अगाडी नबढ्ने भन्ने कुरा रहेन। कम्युनिष्टको नेतृत्वमा सत्ता सञ्चालनमा समस्या देखियो अब हामी नेतृत्व गर्‍छौं भनिरहेका छौं ।

जसरी पनि केपी ओली हटाउनुपर्छ भन्नेमा हाम्रो जोड छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविकको नेकपाका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाले देशको राजनीतिलाई थप जटिल बनाएको बताएका छन्।

‘खोप किन्दा कमिसन दिन्नौं’

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा सरकारले कमिसन नदिने बताएका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग थप ५० लाख डोज खोप खरिद गर्न चाहँदा कमिसनको प्रयास भइरहेको सन्दर्भमा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।

कांग्रेस र जसपाका शीर्ष नेताहरुबीच भेटवार्ता हुँदै

नेपाली कांग्रेस र जनता समाजवादी (पार्टी) नेपालका शीर्ष नेताहरुबीच भेटावार्ता हुँदैछ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बने हुने भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए।

प्रदेश सरकारले उत्पादन र रोजगारीका लागि तीन अर्ब विनियोजन गरेको छः मन्त्री फुयाँल

वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले उत्पादन र रोजगारी सिर्जना गर्न तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्