१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसरी पनि केपी ओली हटाउनुपर्छ भन्नेमा हाम्रो जोड छ : रामचन्द्र पौडेल

फाइल तस्बिर।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविकको नेकपाका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाले देशको राजनीतिलाई थप जटिल बनाएको बताएका छन्। शनिबार नेपाल प्रेस युनियनले बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले माग्दै नमागेको विषयमा हात हालेर सर्वोच्चको फैसलाले देशको राजनीतिक विषयमा थप जटिलता थपेको बताएका हुन्।

‘केपी ओलीले भित्र्याएको विकृतिमा अदालतले अर्को विकृति थप्यो,’ उनले भने, ‘माग्दै नमागेको विषयमा हात हालेर देशको राजनीतिक विषयमा थप जटिलता थपिएको छ।’

यही फागुन २३ गते आएको सर्वोच्च अदालतको फैसलाले एमाले र मोओवादी केन्द्रबीचको एकतालाई मान्यता दिन नसकिने भन्दै दुवै दललाई पुरानै अवस्थामा फर्काइदिएको थियो। सर्वोच्चको उक्त फैसलालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

अर्को प्रसंगमा नेता पौडेलले अब प्रमुख प्रतिपक्ष दल कांग्रेसले सकारको नेतृत्व लिनुपर्ने बेला आएको बताए। उनले अहिलेको अवस्थामा जसरी पनि केपी ओलीलाई सरकारबाट हटाउनुपर्नेमा आफूहरुको जोड रहेको बताए। देश डुब्न लाग्दा कम्युनिस्टले केही गरेनन् भनेर बस्नुभन्दा पनि कांग्रेसले नेतृत्व लिनुर्पछ,’ उनले भने, ‘लामो समयसम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ भनेर सभापतिलाई रोकेको थिएँ, हिजोको पदाधिकारी बैठकमा जसरी पनि केपी ओली हटाउनुपर्छ भनेर म्यान्डेट दिएका छौँ। विकृतिविरुद्ध कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन।’

शुक्रबार नेपाली कांग्रेसको पदाधिकारी बैठकले ओली सरकारको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको थियो। सोही बैठकले माओवादी केन्द्र र जसपालाई साथमा लिएर कांग्रेसले नयाँ सरकारको नेतृत्व गनुपर्नुपर्नेमा जोड दिएको थियो।  

प्रकाशित: २९ फाल्गुन २०७७ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App