१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नेकपा खारेजीः कसलाई नाफा, कसलाई घाटा?

नेकपा विभाजनले संकटमा परेका शंकरको उदाहरण गत वैशाख १९ थियो। मुख्यमन्त्रीबाट राजीनामा दिएका पोख्रेलले पुनः आफ्नो मुख्यमन्त्री पद कायम राख्नका लागि केही प्रदेश सांसदहरुको ‘फर्जी’ नाम र हस्ताक्षर बुझाउनु पर्यो।

नेकपाबारे सर्वोच्चले फागुन २३ गते गरेको फैसला ‘करेक्सन’ हुन्छ : रामनारायण विडारी

कानुन व्यवसायी समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले नेकपाको दर्तालाई खारेज गर्नेगरी सर्वोच्च अदालतले गरेको फैसला पुनरावोलकनबाट सच्चिने बताएका छन्। माओवादी केन्द्रले मंगलबारको स्थायी कमिटी बैठकमा कानुन व्यवसायीलाई छलपलका लागि बोलाएको थियो। सोही बैठकमा आफूहरुले सर्वोच्च अदालतले फागुन २३ गतेको फैसला पुनरावोलकनयोग्य रहेको भनी सुझाव दिएको बताए।

ओली र प्रचण्डले चलाएको जहाज दुर्घटनाग्रस्त भयो अब युवाहरु पाइलट बन्नुपर्छ : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको नेतृत्व अब युवाहरुले गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा माधव नेपाल पक्षीय युवाहरुले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले अब युवाहरुले पार्टीको नेतृत्व गरेमा मात्र गन्तव्यमा पुग्न सकिने बताए।

प्रधानमन्त्रीज्यू दुई तिहाईको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुहोस् : पम्फा भुसाल

नेकपा माओवादी केन्द्रको नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको धाक देखाएको आरोप लगाएकी छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भुसालले ओलीले दुई तिहाईको धाक देखाएर मनपरी गरिरहेको आरोप लगाएकी हुन्। ‘दुई तिहाईको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुहोस्, मेरो अपिल छ’ उनले भनिन्।

ओलीका स्वच्छाचारी गतिविधिको उपचार कार्यकर्ताको परिचालनबाट दिन्छौं : भीम रावल

नेकपा एमाले (माधव नेपाल समूह) का नेता भीम रावलले शुक्रबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओेलीले बोलाएको बैठक अवैध भएको बताएका छन्।

आफू पक्षीय नेतालाई जिम्मेवारी दिएर माधव नेपाल समूहले थाल्यो समानान्तर अभ्यास

सत्तारुढ दल नेकपा एमाले (माधव नेपाल समूह)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै आफू पक्षीय नेताहरुलाई समानान्तर जिम्मेवारी दिएको छ।

मनले एमाले नभएकालाई ७ गतेको बैठकमा बोलाएका छौं : भानुभक्त ढकाल

नेकपा एमालेका नेता भानुभक्त ढकालले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको मनमा एमाले नभएको आरोप लगाएका छन्। शनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री समेत रहेको नेता ढकालले नेपाल पक्षका नेताहरुको एमालेबाट च्यूत भइसकेको जिकिर गरे।

माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुबीचको भेटवार्ता सकियो, ठाेस निर्णय हुन सकेन

नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ। शनिबार पेरिसडाँडामा भएको भेटवार्तामा नयाँ सरकार गठनका विषयमा छलफल भएपनि ठोस निर्णयमा भने नपुगेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

जसरी पनि केपी ओली हटाउनुपर्छ भन्नेमा हाम्रो जोड छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविकको नेकपाका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाले देशको राजनीतिलाई थप जटिल बनाएको बताएका छन्।

माओवादी केन्द्रबाहेक अरु सबै पार्टीमा विदेशी शक्ति छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक परिस्थितिमा सबैभन्दा सहज आफूले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)लाई रहेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसहित सबै राजनीतिक दलमा असहज स्थिति रहेको तर आफूहरुको दलमा सहज स्थिति रहेको दाबी गरे।

यही सरकारलाई दुई वर्ष टिकाइन्छ : झलनाथ खनाल

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन्।

माओवादीले समर्थन फिर्ता लिएपनि हामी फर्किने सम्भावना छैन : लेखराज भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु माओवादी केन्द्रमा फर्किने सम्भावना न्यून रहेको बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा माओवादी केन्द्रबाट निर्वाचित लेखकले अहिले आफूहरुले छलफल गरिरहेको भएपनि पार्टीमा फर्किने सम्भावना भने न्यून रहेको बताए।

भीम रावललाई ओलीको जवाफ : मेरो पार्टीको बारेमा जान्ने भए सर्वोच्चमा जानुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ धकेल्न मुद्दा हालेर संसद् पुनःस्थापना गरिएको बताएका छन्। १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले चुनावमा गएको भएर राम्रो सरकार बन्ने भएपनि देशमा अस्थिरता निम्त्याउन संसद् पुनःस्थापना गरेको बताएका हुन्।

अन्यौलपूर्ण स्थितिको अन्त्य गर्न केपी ओलीले राजीनामा दिनुपर्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर राजनीतिक निकास दिन आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गरेर जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी केन्द्रलाई ब्यूँताएर सर्वोच्चले राजनीतिक अन्यौलता सिर्जना गरेको र यस्तो अन्यौलताको अन्त्यको लागि ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीको पक्षमा ११५ जना सांसद् रहेको ओली समूहको दाबी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो पक्षमा १ सय १५ भन्दा धेरै जना सांसद् रहेको दाबी गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकमा १ सय १५ जनाभन्दा धेरै सांसदको सहभागिता रहेको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्