४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस र जसपाका शीर्ष नेताहरुबीच भेटवार्ता हुँदै

फाइल तस्बिर।

नेपाली कांग्रेस र जनता समाजवादी (पार्टी) नेपालका शीर्ष नेताहरुबीच भेटावार्ता हुँदैछ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बने हुने भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए।

उनकाअनुसार कांग्रेसले जसपाका नेताहरुसँग भेट्नुअघि पदाधिकारी बैठक बोलाएको छ।

बिहीबार साँझ जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दल एमालेका नेताहरुसँग भेटवार्ता गरेका थिए। नयाँ सरकारमा निर्माणमा निर्णायक रहेको जसपाले भेटघाटलाई तीव्र पारेको छ। जसपाका नेताहरुले आफूहरुका माग सम्बोधन भएमात्र सरकारमा जाने बताउँदै आएका छन्।  

प्रकाशित: २८ फाल्गुन २०७७ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App