coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुबीचको भेटवार्ता सकियो, ठाेस निर्णय हुन सकेन

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ। शनिबार पेरिसडाँडामा भएको भेटवार्तामा नयाँ सरकार गठनका विषयमा छलफल भएपनि ठोस निर्णयमा भने नपुगेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार नयाँ सरकार समीकरणका विषयमा दुई दलबीच थप छलफल गर्ने सहमति भएको छ। त्यसपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपागरी तीनवटै दल बसेर पनि वार्ता गर्ने सहमति भएको नेता श्रेष्ठको भनाई छ।

महन्थ ठाकुरले भने आफूहरुले सबै दलहरुसँग वार्ता गरिरहेपनि आफूहरुका मागलाई सम्बोधन गर्न कोही तयार नभएको बताए।

जसपाले आफूहरुका माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान लिएको छ। आफूहरुका माग सम्बोधनका लागि अहिलेको अवस्थालाई सुनौलो अवसर ठानेका जसपाका शीर्ष नेताहरुले प्रमुख राजनीतिक दलका नेताहरुसँगको भेटलाई तीव्र पारेका छन्। गत बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोलीलाई भेटेका उनीहरुले शुक्रबार नेपाली कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेका थिए।

जसपाले संविधान संशोधन र रेशम चौधरीको रिहाइलाई प्रमुख एजेण्डा बनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७७ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App