५ आश्विन २०८१ शनिबार
image/svg+xml

गण्डकी प्रदेश सरकार संकटमा नपर्ने

माओवादी केन्द्रले साथ छोडे पनि प्रदेश सरकारमा त्यसको असर नपर्ने देखिन्छ। तर साना दलमध्ये कुनै एक दलको भने वर्तमान सरकारलाई समर्थन आवश्यक पर्छ। साना दलहरू मध्ये कुनैपनि दलले साथ नदिएमा मात्र सरकार अल्पमतमा पर्छ। गण्डकी प्रदेश सरकारलाई हाल एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ।

सरकार र बादी समुदायबीच पाँच बुँदे सहमति

खाना, नाना र छाना माग्दै आन्दोलन कर्णालीका बादी समुदाय र प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ। प्रदेश सरकारसँगको सहमतिसँगै फागुन १० गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिकै धर्नामा बसेका बादी समुदायको आन्दोलन स्थगित भएको छ।

‘गंगामायाको जीवन बचाऊ’

छोराका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गंगामाया अधिकारी अनशन बसेको ८० दिन पुगेको छ। अनशन बसेको लामो समय हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै गंगामायाको जीवनरक्षा गर्न मानव अधिकारवादीले बुधवार अपिल गरेका छन्। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै जीवन रक्षाको अपिल गरेका हुन्।

प्रदेश सरकार र बादी समुदायबीच पाँच बुँदे सहमति

दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ। यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका बादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो।

ओली सरकार टिकाउने नटिकाउनेबारे मसँग कसैले कुरा गरेको छैन : माधव नेपाल

नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार टिकाउने नटिकाउने भन्ने विषयमा आफूसँग कसैले छलफल नरहेको बताएका छन्।

अझै अनिश्चित निजगढ विमानस्थल

मुलुकका विभिन्न परियोजनामध्ये पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको एउटा हो, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल। यो विमानस्थल मुलुकका लागि आवश्यक बनिसकेकामा अब खासै विवाद रहेन। तर विमानस्थल कति ठूलो बनाउने, कसले बनाउने र लगानी कसले गर्ने भन्ने सवालमा भने अझै विवाद भइरहेको छ। ठूलो रकम आवश्यक पर्ने यो परियोजनामा सरकार आफैंले लगानी गर्ने हो वा विदेशी ऋण लिएर बनाउने भन्ने विवाद सुल्झिसकेको छैन। यस्तै विवाद भइरहेको बेला सरकार भने आफैं विमानस्थल बनाउने तयारीमा लागेको छ।

लुम्बिनी प्रदेश : अल्पमतमा मुख्यमन्त्री पोखरेल

सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि लुम्बिनी प्रदेश सरकार पनि अल्पमतमा परेको छ । एमाले र माओवादी ब्युँतिएपछि प्रदेशको सत्ता समिकरण झिनो मतले संकटमा परेको हो ।

देउवा र प्रचण्डबीच नयाँ सरकार समिकरणका विषयमा छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। देउवा निवास बूढानीलकण्ठमा नेताद्वय देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो।

राजनीतिक समीकरणः गण्डकी प्रदेश सरकारलाई कत्तिको अप्ठेरो ?

तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वाेच्च अदालतले रद्द गरेपछिको राजनीतिक प्रभाव प्रदेश सरकारसम्म पनि पर्ने देखिएको छ । तर, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ भने जोखिम बाहिर देखिएका छन् ।

मैले प्रधानमन्त्री हुनै चाहेको छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिस्थितिमा आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका छन्। शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ नामक पुस्तकको विमोचन कार्यक्रममा सभापति देउवाले आफू प्रधानमन्त्री हुने दौडमा नरहेको बताएका हुन्।

सरकार र पार्टी सञ्चालनको जिम्मा दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ : पूर्व पर्यटनमन्त्री भट्टराई

नेकपाका स्थायी समिति सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सरकार र पार्टीबाट विश्राम लिई नयाँ पुस्तालाई सरकार र पार्टी सञ्चालनको जिम्मा दिए पार्टी अहिले पनि जीवित रहने बताएका छन्।

म्यानमारको हिंसात्मक दमनविरुद्ध दूतावासअगाडि प्रदर्शन

म्यानमारको सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोध गर्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार नक्खुको भैंसेपाटीस्थित म्यानमार दूतावासअगाडि बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभियन्ताले विरोध प्रदर्शन गरेका हुन्।

शान्तिपूर्ण मार्गमा हिँड्ने विप्लवको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शान्तिपूर्ण राजनीतिमा पौडिन आएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति प्रशंसाका शब्दहरू समर्पण गरे। उनीभन्दा अघि बोलेका महासचिव चन्दले ‘घाम र जुनको पनि भेट हुने रैछ’ भन्दै आफूहरूले शान्तिपूर्ण राजनीतिक बाटो रोजेको बताएका थिए। ओलीले विप्लवसँग सहमति रातारात नभएको उल्लेख गर्दै त्यसका लागि पहिलेदेखि नै संवाद हुँदै आएको स्पष्ट पारे।

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

सरकारको नेतृत्व लिने कांग्रेस संकेत

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व लिन अग्रसर हुने संकेत गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा दुई समूहमा विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकारको नेतृत्वका लागि सकारात्मक देखिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्