१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल र बंगलादेशबीच विद्युत् खरिद-बिक्रीसम्बन्धी वार्ता आज

नेपालले बंगलादेशलाई निर्यात गर्ने भनिएको ४० मेगावाट बिजुलीको महसुल निर्धारणका लागि दुवै पक्षबीच आजबंगलादेशमा वार्ता हुँदै छ।

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पिपिए खुलाउने निर्णय

नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्म जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) खुलाउने निर्णय गरेको छ।

अघि बढ्यो ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया

सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ।

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन

संसद्को सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्रीको छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ।

एनसेलबारे छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन

एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ।

एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेको बताएकी छिन्।

स्वास्थ्यमन्त्री अख्तियारमा

टेरामक्स खरिद प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुगी बयान दिएका छन्।

टेरामक्स खरिद प्रकरण: अख्तियारमा कार्की, बस्नेत कहिले ?

नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले यसै साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका छन्।

अख्तियारको नजरमा फरार छन् मन्त्री र पूर्व मन्त्री

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन्।

किन सम्झने सात साल?

२००७ साल असोज १० गते नेपाली कांग्रेसले भारतको बैरगनियामा सम्मेलन गर्‍यो। सम्मेलन विशेषगरी जहानिया राणा शासन अन्त्यमा केन्द्रित थियो। तत्कालीन राजा त्रिभुवनले भारतमा रहेका प्रजातन्त्रवादी युवाहरूसँग सम्बन्ध कायम राख्न आफ्ना विश्वास पात्र खरिदार दयारामभक्त माथेमालाई पठाएका थिए।

छानबिन समितिको निष्कर्ष: एनसेल सेयर खरिद–बिक्री अस्वाभाविक

आजियाटाले १ खर्ब ४३ अर्ब रूपैयाँमा किनेको सेयर विभिन्न सर्तसहित खरिद मूल्यभन्दा निकै कम ६ अर्ब ६५ करोड रूपैयाँमा स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सम्झौता सार्वजनिक हुँदा अपारदर्शी कारोबार भएको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति बनाएको थियो।

समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालो सूचीमा (नामसहित)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा ठेक्का लिएर पनि निर्माण कार्य समयमै सम्पन्न नगर्ने २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।

टेरामक्स खरिद प्रकरण: मन्त्री बस्नेत र पूर्वमन्त्री कार्कीसँग बयानपछि मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रकरणसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ।

व्यापारीसँगको साँठगाँठमा बिरामीमाथि बेइमानी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा क्यान्सर रोगीको उपचारमा सहजीकरणका लागि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खरिद गरेको लिनियर एक्सेलेरेटर (लिन्याक) मेसिन आयातकर्ताको बदमासीका कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन।

छपाइ प्रिन्टरमा पनि छानबिन समिति

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्मार्ट कार्ड लाइसेन्स छपाइ मेसिन र सफ्टवेयर खरिद गर्न यातायात व्यवस्था विभागले सुरु गरेको प्रक्रियामा अनियमितता भए÷नभएको विषयमा छानबिन गर्न आइतबार मन्त्रालयका उपसचिव विनोद खड्काको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्