८ पुस २०८१ सोमबार
image/svg+xml

नलगाड जलविद्युत आयोजनाको डिपिआर चाँडै सक्न निर्देशन

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त'ले जाजरकोटमा बन्न लागेको ४ सय १७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम तत्काल सक्न सम्वद्ध निकायलाई निर्देशन दिएका छन्।

एक वर्ष म्याद थप र अनुमतिपत्र दस्तुरमा ७५ प्रतिशत छुट दिन सिफारिस

कोभिड-१९ को कारणले विद्युत् उत्पादन, प्रसारण र वितरण क्षेत्रमा पारेको प्रभावहरुको अध्ययन गर्न गठित समितिले महामारीले समग्र उर्जा क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण एवंम समस्याहरुको समाधान गर्न विद्यमान कानूनी, नीतिगत, प्रक्रियागत र प्रसाशनिक सुधार गर्नुपर्ने सुझाव दिएको छ।

जलविद्युतमा ३८ अर्ब ६८ करोड लगानी स्वीकृत

लगानी बोर्डले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण हुने तीन जलविद्युत् परियोजनाको लागि ३८ अर्ब ६८ करोड रूपैयाँको लगानी स्वीकृत गरेको छ ।

जलविद्युत् आयोजनाकाे ‘हव’ बन्दै ताराखोला

सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ।

माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्न २२२ करोडको हकप्रद शेयर जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको लगानी जुटाउनको लागि दुई अर्ब २२ करोड रुपैयाँ बराबरको शेयरधनीहरुका लागि हकपद शेयर जारी गर्ने भएको छ।

ओली, दाहाल र देउवाले ९ अर्ब खाए: भट्टराई

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन् ।

सेयर निष्कासन प्रक्रिया अघि बढाउन प्रस्ताव

कोभिड–१९ को कारण रोकिएको सेयर निष्कासन प्रक्रिया अघि बढाउन जलविद्युत् कम्पनीहरूले प्रस्ताव गरेका छन् ।

घर, गोठ र बिरुवाको तथ्यांक अन्तिम चरणमा

बूढीगण्डकी जलविद्युत् आयोजनाअन्तर्गत डुबानमा पर्ने जग्गामा रहेका घर, गोठ र फलफूलका बोटबिरुवाको तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको छ ।

मर्जरमा इच्छुक जलविद्युत् आयोजना देखिएनन्

जलविद्युत् क्षेत्रका रुग्ण आयोजनालाई एक अर्काेमा गाभिन (मर्जर) निर्देशिकाले आकर्षित नगर्ने भएको छ ।

कोभिडले जलविद्युतमा लगानी जुटाउनै सकस

विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेका २१२५ मेगावाटका आयोजना सम्पन्न गर्न चार खर्बभन्दा धेरै लगानी आवश्यक पर्ने।

कास्कीमा दर्जनौं हाइड्रोपावर: चिनियाँ प्राविधिक नआउँदा ढिलाइ

कास्कीको मादी गाउँपालिकास्थित नामार्जुङमा हिमालयन हाइड्रोपावरले निर्माण गरेको १२ मेगावाट जलविद्युत् कोरोनाकै कारण उत्पादन रोकिएको छ।

विद्युत् आयोजना निर्माणमा विवाद

सन्दकपुर गाउँपालिका र कुनैपनि वडाले विवादित सुपरमाई–ए जलविद्युत् आयोजना निर्माण क्षेत्रका लागि अनुमति नदिएको गाउँपालिकाले दाबी गरेको छ।

मुआब्जा अन्तिम चरणमा, पुनर्वास र पुनस्र्थापना अन्योलमै

बुढीगण्डकी जलविद्युत् आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ।

पहिरोले इन्द्रावती तेस्रो क्षतिग्रस्त, उत्पादन ठप्प

पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीस्थित निजी क्षेत्रको इन्द्रावती जलविद्युत आयोजना पहिरोले क्षतिग्रस्त भएको छ ।

बुढीगण्डकी जलविद्युत आयोजना : मुआब्जा अन्तिम चरणमा, पुनर्वास र पुर्नस्थापना अन्यौलमै

बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । १२ सय मेगावाट क्षमताको जलविद्यूत आयोजना निर्माण गर्नको लागि ५८ हजार एक सय १३ रोपनी जग्गा अधिग्रहण गरि मुआब्जा वितरण गर्नुपर्ने थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्