२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पहिरोमा पुरिएका दुई मृत फेला, पहिरोमा २० अझै बेपत्ता

तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँमा दुई साता अघिको पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिला बुधबार मृत फेला परेका छन् । योसमेत सोही पहिरोमा एकै परिवारका पाँच महिलाले ज्यान गुमाएका छन् ।

अमेरिकामा एकैदिन एक हजार ५९२ संक्रमितको मृत्यु

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मंगलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

दाङमा पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ बजे घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

कालिकोट पहिरो : घर पुर्दा नौ जनाको मृत्यु (अपडेट)

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मंगलबार राति साढे दुई बजेतिर आएको पहिरोले नरहरिनाथ गाउँपालिका–७ बाँगाका गंगे बुढाको घर पहिरोले पुर्दा ६ जनाको मृत्यु भएको हो ।

आफ्नै गाईगोठमा मृत भेटिए एक बृद्ध

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पा आफ्नै गाई गोठमा मृत अवस्थामा भेटिएका छन् । थुकिमाको बर्खेटोलमा उनी घरदेखि ४ घण्टाको पैदल दुरीमा पर्ने पूर्व हिलेखोला नजिककैको गाईगोठमा मृत अवस्थामा भेटिएका हुन् ।

पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु

पहिरोमा पुरिएर दाङमा दुईजनाको मृत्यु भएको छ । बुधबार विहान तीन बजेतिर दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का देबीराम नेपालीको घर पहिरोले पुरिँदा आमा छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लकडाउन अवधिमा विदेशमा ४५६ जनाको मृत्यु

वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीमध्ये लकडाउनको समयमा ४ सय ५६ जनाको मृत्यु भएको छ। तीमध्ये १ सय ९ शव विदेशमै अलपत्र परेको छ।

कमलपोखरीमा डुबेर मृत्यु

भक्तपुरको कमलपोखरीमा डुबेर मंगलबार एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायकस्थित कमलपोखरीमा डुबेर जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडौल बस्ने वर्ष ५१ का राजेश खड्काको मृत्यु भएको हो ।

पहिरो खस्दा दम्पतीको मृत्यु

पहिरोले घर बगाउँदा दार्चुलामा एक दम्पतीको मृत्यु भएको छ । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ३ सल्लेखेतीमा मंगलबार बिहान ५ बजेतिर पहिरो खस्दा दम्पतीको मृत्यु भएको हो ।

पहिरोमा परि रुकुमपश्चिम दुईजनाको मृत्यु

सोमबार राति आएको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–९, का हस्तबहादुर सुनारको घर पहिरोले बगाउँदा रातिसँगै सुतेका २२ वर्षीय नवीनकुमार र १६ वर्षीय बलहादुर सुनारको मृत्यु भएको हो ।

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

मंगलबार नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल ३ का ६५ वर्षीय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

करेन्ट लागेर एकको मृत्यु

सल्यानमा आँप टिप्ने क्रममा करेन्ट लागेर शारदा नगरपालिका–७, का १४ वर्षीय टोपेन्द्र बुढाथोकीको मृत्यु भएको छ । सोही नगरपालिका ६ मा रहेको भट्टेचौरमा आँप टिप्दै गर्दा उनलाई करेन्ट लागेको थियो ।

थप तीन जनाको कोरोनाबाट मृत्यु, नेपालमा मृत्यु हुनेकाे संख्या ४८ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा–३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोमिया, मस्तिस्क घात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए ।

नवजात शिशु मृत अवस्थामा भेटिए

सल्यान छत्रेश्वरी गाउँपालिका–६, भुवनेश्वारी सामुदायिक वनको कल्लेखोलामा एक नवजात शिशु मृत अवस्थामा भेटिएका छन् । अन्दाजी तीन/चार दिनका नवजात शिशु मृत भेटिएका हुन् ।

भेन्टिलेटर खोज्दा खोज्दै धनुषाका कोरोना संक्रमित युवकको मृत्यु

धनुषाको सहिदनगर नगरपालिका डुमरिया गाउँका ३८ वर्षिय युवकको आइतबार साँझ कोरोनाका कारण मृत्यु भएको छ। शनिबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका उनको स्वाब परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्