coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कमलपोखरीमा डुबेर मृत्यु

भक्तपुरको कमलपोखरीमा डुबेर मंगलबार एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायकस्थित कमलपोखरीमा डुबेर जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडौल बस्ने वर्ष ५१ का राजेश खड्काको मृत्यु भएको हो । एकजना पुरुष ब्यक्ति पोखरीमा डुबेर बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ नजिकै कमलबिनायकमा भएको प्रहरी टोली साथै महानगरीय प्रहरी वृत्त जगातीबाट प्र.ना.उ. चक्रराज जोशी र महानगरीय प्रहरी परिसर भक्तपुरबाट पानीबाट उद्वार गर्न सक्ने तालिम प्राप्त उद्वार सामग्रीसहितको प्र.नि. सुवास बुढाथोकीको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।  

तत्कालै उद्वार गरी भक्तपुर अस्पताल पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक टुरिष्ट गाईडको काम गर्ने ब्यक्ति भएको भन्ने बुझिएको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित: १३ श्रावण २०७७ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App