२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मिनीट्रकको ठक्करबाट एकको मृत्यु

आईतबार मिनी ट्रकको सापट भाँचिएर ठक्कर दिँदा घाइते हुन पुगेका उदयपुरका एक स्थानीयको उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रकमा करेन्ट प्रवाह हुँदा नजिकै रहेका ट्याक्सी चालकको मृत्यु

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं २ अन्र्तगत मेरिङ्देन गाउँपालिका वडा नं २ खाम्लुङ बजार नजिकै ट्रकले विद्युतको नाङ्गो तार छुँदा नजिकै रहेको ट्याक्सी चालकको मृत्यु भएको छ । ट्रकका चालकलाई गम्भीर घाइते अवस्थामा उद्वार गरी उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइदै छ ।

तीन वर्षमा विपदबाट नुवाकोटका ८३ जना नागरिकको मृत्यु

तीन वर्षको अवधीमा विपदबाट जिल्लाका ८३ जना नागरिकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानाकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ३ जनाको मृत्यु भएको थियो भने १ जना घाइते भएका थिए ।

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४५ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

चार दिनभित्र वीरगन्जमा कोरोनाबाट दोस्रो मृत्यु

कोरोना संक्रमणका कारण चार दिनभित्र वीरगन्जमा दुई जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार एक जना ८५ वर्षीय बृद्धाको मृत्यु भएको छ भने यसअघि गत मंगलबार एक जना ६० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

बिपी स्मृतिमा खेलाडी सम्मानित

नेपाली कांग्रेस विराटनगर महानगर समितिले बिपीको स्मृति दिवस मनाउने क्रममा खेलाडीहरूलाई सम्मान गरेको छ । बिपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा शुक्रबार विराटनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता सातजना खेलाडीलाई सम्मान गरिएको छ ।

नेवारेको जंगलमा महिला मृत फेला

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारेको जंगलमा शुक्रबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन् । दैलेखको नारायण नगरपालिका–१ की २९ वर्षीया कल्पना केसी मृत अवस्थामा भेटिए हुन् ।

ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

अघिल्लो साँझ ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका एकको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेर ३० मिनेटमा को२त ५१८२ नं. को ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका जिल्लाको बेलका नगरपालिका १ आम्बासीका ४५ वर्षीय तीर्थबहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालकको परिवारलाई दश/दश लाख दिइने

भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई दश/दश लाख रुपैयाँ प्रदान गरिने भएको छ।

पहिरोले पुरिएर धादिङमा एक जनाको मृत्यु

बिहिबार बेलुकादेखि लगातार पानी परेपछि गोठमा भएको रागो फूकाउन जाँदा मध्यरातमा पहिरोमा परेर उनको मृत्यु भएको हो।

बाढीले बगाउँदा एक जनाको मृत्यु

बाढीले बगाउँदा अर्घाखाँची शीतगंगा–१४ का ५८ वर्षीय कर्णबहादुर दर्जीको मृत्यु भएको छ । बाणगंगा नदीमा नुहाइरहेका बेला उनलाई बढीको भेलले बगाएको थियो ।

कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु

जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ ।

कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षीय वृद्ध रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए ।

सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जनाको मृत्यु

भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ।कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरवाहीले तीन जना बालकको ज्यान गएको भन्दै आफन्त र छिमेकीहरु आक्रोशित भएका छन । तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ।

गोली लागेर घाइते एक जनाको मृत्यु

पाँच दिनअघि सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका सुनसरी हरिनगरका एक युवकको बुधबार राति उपचारका क्रममा मृत्यु भएको छ । साउन २ गते राति तस्कर समूह र सशस्त्र प्रहरीबीच सुनसरीकै हरिनगर वडा नं. ७ को मोहरम चौकमा झडप हुँदा घाइते भएका स्थानीय सहवाज अनसारीको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्