६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ट्रकमा करेन्ट प्रवाह हुँदा नजिकै रहेका ट्याक्सी चालकको मृत्यु

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं २ अन्र्तगत मेरिङ्देन गाउँपालिका वडा नं २ खाम्लुङ बजार नजिकै ट्रकले विद्युतको नाङ्गो तार छुँदा नजिकै रहेको ट्याक्सी चालकको मृत्यु भएको छ । ट्रकका चालकलाई गम्भीर घाइते अवस्थामा उद्वार गरी उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइदै छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार मे.१च३०८१ नम्बरको ट्याक्सी चालक ताप्लेजुङको दोखु घर भएका अन्दाजी २७ वर्षीय विकास मुखिया रहेका छन् । मे.१ख १८६५ नम्बरको ट्रक चालक पाँचथरको भारपाका अन्दाजी ३०–३५ वर्षीय अमृत श्रेष्ठलाई गम्भीर अवस्थामा उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याइदै गरेको श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार दोभान बजार सामान पुर्‍याएर झापाको बिर्तामोडतर्फ अघि बढेको ट्रकले तलसम्म लत्रेको विद्युतको नाङ्गो तारलाई छोएको थियो ।  

सोहि कारण घाइते भई त्यहिँ लडेका अमृतले गाडी अघि बढाउन सकेनन् । साईड दिएर बसेको ट्याक्सी चालक मुखिया गाडीबाट ओर्लिए र गाडी किन अघि नबढेको भनेर यात्रुलाई गाडीमै छाडी ट्रक भएतर्फ अघि बढे । करेन्ट लागेर घाईते भई गाडीमै लडेका अमृतलाई छोएका विकासलाई करेन्टले समात्यो र उनको त्यहिँ मृत्यु भयो । जिल्ला प्रहरी प्रमुख श्रेष्ठले घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक मोहन पोखरेलको टोली घटनास्थलतर्फ परिचालित भएको जानकारी दिए ।

प्रकाशित: ११ श्रावण २०७७ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App