२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कुलोबाट चिप्लेर लड्दा मृत्यु

कुलोमा चिप्लेर लड्दा उदयपुमा एक जनाको मृत्यु भएको छ। खेतमा पानी लगाउन जाँदा कुलोबाट चिप्लेर लड्दा जिल्लाको कटारी नगरपालिका १४ घुर्मीका ५७ वर्षिय कृष्णबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

भिरबाट लडेर महिलाको ज्यान गयो

ओखलढुंगामा भिरबाट लडेर महिलाको ज्यान गएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–६ की चन्द्रकला मगरको भिरबाट लडेर ज्यान गएको हो ।

प्रदेश ५ मा सवारी दुर्घटना : तीन वर्ष यताकै कम मृत्यु

५ नम्बर प्रदेशमा पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा परि ४ सय ८३ जनाको मृत्यु भएको छ । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका कुल १२ जिल्लामा भएका सवारी दुर्घटनामा ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । यो संख्या अघिल्ला दुई वर्ष भन्दा कम हो ।

प्रहरी जवान मृत्यु प्रकरण : इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश

पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ ।

कोरोना संक्रमणबाट महोत्तरीमा एकको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण पुष्टि भएका एक जना जेष्ठ नागरिकको मंगलबार राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ।

बिपी सानो देशको अग्लो मान्छे: देउवा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइराला सानो देशको अग्लो र दूरदर्शी राजनेता भएको बताएका छन्।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख १३ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ ।

खोलाले बगाउँदा मृत्यु

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–६ स्थित झिग्नी खोलाले बगाउँदा बेपत्ता भएका ६९ वर्षीय चन्द्रबहादुर बुढा मृत फेला परेका छन् ।

'आमालाई उपमेयरको कोसेली'

मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्न बैतडीको दशरथचन्द नगरपालिकाले हजार दिनका आमालाई कोसेली दिन थालेको छ। आमा सुरक्षा कार्यक्रम अन्तर्गत पोषण सुधारको लागि घ्यू, चना, बदाम, काजु, साबुन, झोला लगायतका सामग्री दिन थालेको हो। नगरपालिकाका सबै वडाका करिब ९ सय गर्भवती र हजार दिनेभित्रका आमालाई कोसेली दिन थालिएको उपमेयर मीना चन्दले बताइन्।

कोरोनाबाट मृत्यु: लाञ्छना डरले लुकाउने अभ्यास

केही पाकिस्तानीले आफ्ना परिवारजनको मृत्यु महामारीका कारण भएको बताएनन् किनभने उनीहरू आफन्तजनको मृत शरीरलाई एक्लै अन्त्येष्टि गर्न चाहँदैनन्।

पूजा गर्न मन्दिर गएकी वृद्धाको मृत्यु

मन्दिरमा पूजा गर्न गएकी एक वृद्धाको सोमबार दिउँसो मृत्यु भएको छ। साउने सोमबारको पूजा गर्न गएकी बराहताल गाउँपालिका–५, भट्टेघारीका ६० वर्षिय लक्ष्मी शाहीको मृत्यु भएको हो।

दाङमा सवारी दुर्घटना : घट्यो मृत्यु दर

दाङमा पछिल्लो वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा भएका सवारी दुर्घटनामा ७१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १ सय ४ थियो । ‘अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।

कोरोनाका कारण विदेशमा थप १६ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको हो।

विश्वमा कोरोना भाइरस संक्रमितबाट छ लाख भन्दा बढीको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्