२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

खोलामा महिला मृत अवस्थामा फेला

कपिलवस्तुको वाणगंगामा नगरपालिका वडा नं. ३ चम्कीपुरको जगैया खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । स्थानीय ५८ वर्षीया बेली भुसाल शनिबार विहान मृत भेटिएकी हुन् ।

युएईमा ३८ औं विपि स्मृति दिवस मनाइयो

युएईमा रहेका नेपालीहरुले जननायक विश्वेश्वरप्रसाद कोईरालाले नेपालको राजनैतिक एवं साहित्यक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै ३८ औं विपि स्मृति दिवस मनाएका छन् ।

कोरोनाबाट थप एककाे मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ बर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

तीन महिनाको विपद् : कूल १५५ को मृत्यु, ५२ बेपत्ता

मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिराका कारण अकल्पनीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ ।

कालीगण्डकीमा युवक मृत फेला

बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३९ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी दाईको दाहसंस्कार गर्न केही समयअघि भारतको मुम्बई गएका थिए । उनको दाई पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।

बैतडीमा सर्पले टोकेर किशोरीको मृत्यु

सर्पले टोकेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–२ महाकालीकी १७ वर्षीया भागरथी चन्दको सर्पले टोकेर मृत्यु भएको हो । उनलाई घरको आगनमा मंगलबार बेलुका सर्पले टोकेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष दशरथ मंगोलाले बताए ।

कोरोना भाइरसका कारण विश्वभरी पाँच लाख ८१ हजारको मृत्यु

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजार भन्दा बढी पुगेको छ ।

जनयुद्धमा हत्या गरिएका माओवादी नेताको स्मृतिमा वृक्षारोपण

जनयुद्धकाक्रममा खोटाङमा साहदत प्राप्त गरेका तत्कालिन नेकपा माओवादीका नेता दिलकाजी कार्की र ईन्दिरा कार्कीको सम्झनामा वृक्षारोपण गरिएको छ ।

तनहुँमा पुरुष मृत अवस्थामा भेटिए

तनहुँमा एक पुरुष मृत भेटिएका छन् । बन्दिपुर गाउँपालिका–६ स्थित बुद्धसिंह मार्गमा पर्ने नाल्दीघाट नजिक धादिङको थाक्रे गाउँपालिका–२ घर भएका ५५ वर्षीय कान्छा तामाङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७५ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ४२ हजार ६९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

तनहुँका विभिन्न स्थानमा पहिरोमा परी १० को मृत्यु, दुई जना वेपत्ता

अविरल वर्षा संगै आएको पहिरोका कारण तनहुँमा १० जनाको मृत्यु भएको छ । पहिरोका कारण २ जना वेपत्ता भएका छन् भने दुई जना घाइते छन् । सोमबार बिहान गएको बाढीपहिरोका व्यास नगरपालिकामा ४ जना, ऋषिङ गाउँपालिकामा ५ जना र म्याग्दे गाउँपालिकामा १ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु

संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ ।

जाजरकोट पहिरो : मृतकको संख्या ११ पुग्यो

लगातार बर्षाका कारण जाजरकोटको बारेकोट–४ सार्कीमा आएको पहिरोमा परी बेपत्ता भएका थप दुईजनाको शव भेटिएको छ । आइतबार पहिरोमा पुरिएको अवस्थामा कमला र लक्ष्मी सार्कीको शव भेटिएको हो ।

म्याग्दीको पहिरो : मृतकको सङ्ख्या २० पुग्यो

म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्