१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

युएईमा ३८ औं विपि स्मृति दिवस मनाइयो

युएईमा रहेका नेपालीहरुले जननायक विश्वेश्वरप्रसाद कोईरालाले नेपालको राजनैतिक एवं साहित्यक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै ३८ औं विपि स्मृति दिवस मनाएका छन् । नेपाली जनसम्पर्क समिति युएईले बिहीबार अबुधाबीमा आयोजना गरेको विपि स्मृति दिवस समारोहका सहभागीहरुले नेपालमा लोकतन्त्रको स्थापना, राष्ट्रिय हित प्रवर्धन एवम् जनताको अधिकार रक्षाका निम्ति विपिले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति युएईका कार्यवाहक सभापति एवम् महाधिवेशन प्रतिनिधि चन्द्रसारु मगरले विश्वेश्वरप्रसाद कोईरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताए । कार्यक्रममा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) अबुधाबी क्षेत्रीय अध्यक्ष विश्वदिप शाहले कोईराला नेपालको मात्रै नभएर अन्तराष्ट्रिय रुपमै अलग पहिचान बनाउन सफल दुरदर्शि र असल राजनेता रहेको बताए । उनले यतिबेला नेपालमा कोईराला जस्तै असल र ईमानदार नेताको आवश्यकता बोध भएको बताएका थिए ।

उक्त कार्यक्रममा अतिथिहरु नेपाली जनसम्पर्क समिती युएईका निवर्तमान महामन्त्री एवम् सल्लाहकार कृष्ण गौतम, केन्द्रीय सदस्य मनोज सैजु, एनआरएनए युएईका उपाध्यक्ष नरेश सेन, कार्यवाहक महासचिव केशव नेपाल, युवा व्यवसायी एवम् समाजसेवी महेश श्रेष्ठ, शंकर राज घिमिरे, शिव गिरि, मेनुका नगरकोटी लगायतको उपस्थिति रहेको थियो ।

कोभिड-१९ का कारण उत्पन्न असहज परिस्थितिकै बिच व्यक्तिगत सुरक्षा तथा सावधानीका उपायहरु अवलम्बन गर्दै मनाइएको स्मृति दिवस समारोहमा नेपाली जनसम्पर्क समिति अबुधाबी क्षेत्रीय उपसभापति प्रमिला पाण्डेले स्वागत मनतव्य राखेकी थिइन् भने क्षेत्रीय सभापति दुर्योधन कार्किको सभापतित्व रहेको थियो ।

प्रकाशित: ३ श्रावण २०७७ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App