६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोले पुरिएर धादिङमा एक जनाको मृत्यु

पहिरोेले पुरिएर धादिङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं। ६ कार्की गाउँका ५५ वर्षिया सानुबाबु पन्त रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए।  

बिहिबार बेलुकादेखि लगातार पानी परेपछि गोठमा भएको रागो फूकाउन जाँदा मध्यरातमा पहिरोमा परेर उनको मृत्यु भएको हो। पहिरोले गोठ भत्किदाँ एउटा राँगो मरेको छ भने अन्नपात समेत पुरिएको छ। मृतकको शव पोस्टमार्टमको लागि गजुरी स्वास्थ्य केन्द्र पठाएको छ।

धादिङमा एक साताको अवधिमा पहिरोमा परेर पाँच  जनाको मृत्यु भएको छ। यसअघि त्रिपूरासुन्दरी गाउँपालिकाका तीन जना र गजुरी गाउँपालिकाका एक जनाको मृत्यु भएको थियो।

प्रकाशित: ९ श्रावण २०७७ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App