३ असार २०८१ सोमबार
image/svg+xml
समाज

करेन्ट लागेर एकको मृत्यु

सल्यानमा आँप टिप्ने क्रममा करेन्ट लागेर शारदा नगरपालिका–७, का १४ वर्षीय टोपेन्द्र बुढाथोकीको मृत्यु भएको छ । सोही नगरपालिका ६ मा रहेको भट्टेचौरमा आँप टिप्दै गर्दा उनलाई करेन्ट लागेको थियो ।  

उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनीसँगै अन्य दुईजना पनि आँप टिप्न गएका थिए । अन्य दुईजनालाई भने केही नभएको प्रहरीले जनाएको छ ।

साथै सुर्खेतको छिन्चुबाट मेहेलकुनातर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा एकजना घाइते भएका छन् । भे३प ७५४६ नम्बरको मोटरसाइकलले भेरीगंगा नगरपालिका–९, जहरे बजारमा ठक्कर दिँदा सोही गाउँका अढाइ वर्षीय नरेश बस्नेत घाइते भएका हुन् ।

थप उपचारका लागि उनलाई नेपालगन्ज लगिएको छ । घाइते उनको निधार र टाउकोमा चोट लागेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । घाइतेका बुवा कर्णबहादुर बस्नेत र मोटरसाइकल चालक सिम्ता गाउँपालिका–६, का ४५ वर्षीय भविन्द्रराज रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ ।

प्रकाशित: १२ श्रावण २०७७ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App