६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भेन्टिलेटर खोज्दा खोज्दै धनुषाका कोरोना संक्रमित युवकको मृत्यु

धनुषाको सहिदनगर नगरपालिका डुमरिया गाउँका ३८ वर्षिय युवकको आइतबार साँझ कोरोनाका कारण मृत्यु भएको छ।  शनिबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका उनको स्वाब परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको थियो।  

सास फेर्न अप्ठ्यारो भैरहेका उनलाई भेन्टिलेटरमा राख्नु पर्ने थियो तर प्रादेशिक अस्पताल जनकपुरको दुबै भेन्टिलेटर प्याक हुँदा उनलाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रादेशिक कोभिड अस्पतालका प्रमुख डा. जमुन सिंहले बताए।  उपचारका लागि लैजादै गर्दा सिरहाको मिर्चैयामा उनको मृत्यु भएको छ उनले भने,‘एम्बुलेन्समा शव प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदै छ।  शव अस्पतालमा राखेर कोभिड प्रोटोकोल अनुसार व्यवस्थापन गरिनेछ। ’

खोकी, ज्वरो, दम फुल्ने समस्या भएपछि युबक सुरुमा सहिद नगरमै उपचार गराएका थिए।  त्यहाँ विसेक नभएपछि उनी थप उपचारका लागि शनिबार प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भए।  बिरामीको लक्षण हेर्दा कोरोना संक्रमणको शंका लागेपछि शनिबार साँझ नै स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाएको थियो।  रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएका थियौं, डा. सिंहले भने,‘सास लिनै गाह्रो भएपछि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आयो।  कोभिड डेडिकेटेड लेभेल २ अस्पतालमा एउटा पनि भेन्टिलेटर छैन उनले भने,‘प्रादेशिक अस्पतालको दुबै भेन्टिलेटर खाली थिएन।  आइतबार उनको अवस्था झनै बिग्रीन थालेपछि भेन्टिलेटरमा उपचारका लागि धरान लग्दै गर्दा बाटोमै मृत्यु भएको डा. सिंहले बताए।  

 

 

प्रकाशित: ११ श्रावण २०७७ १६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App