coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

दाङमा पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ बजे घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

घरमाथिबाट खसेको पहिरोले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गरेका छन् । घरमा रहेका पाँच जनामध्ये अन्य तीन जना भने सकुशल छन् । सो घरमा मृतक बाटुकीका सासूससुरा र जेठाजु बस्दै आएका थिए । मृतकका श्रीमानको केही समयअघि मृत्यु भइसकेको बताइएको छ ।

घोराही बजारबाट करीब ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिरोको उच्च जोखिममा छन् । केही दिनयताको लगातारको वर्षातका कारण बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती पहिरोको उच्च जोखिममा परेका हुन् ।

प्रकाशित: १४ श्रावण २०७७ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App