२ असार २०८१ आइतबार
image/svg+xml
समाज

पहिरो खस्दा दम्पतीको मृत्यु

पहिरोले घर बगाउँदा दार्चुलामा एक दम्पतीको मृत्यु भएको छ । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ३ सल्लेखेतीमा मंगलबार बिहान ५ बजेतिर पहिरो खस्दा दम्पतीको मृत्यु भएको हो ।  

घरमाथि बनाइएको सडकबाट पहिरो खस्दा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा जोशी बेपत्ता भएका थिए । बेपत्ता उनीहरुको मंगलबार दिउँसो शव भेटिएको थियो । एक छोरा र एक छोरीसहित जोशी दम्पती घरमा बस्दै आएका थिए । उनकी छोरी नजिकै काकाको घरमा गएको र छोरा सुनिल जोशीसँग जोशी दम्पती मंगलबार बिहान घरमा थिए । 

पहिरो खस्दै गरेको थाहा पाउने वित्तिकै बाहिर निस्किएका उनीहरु पुनः पैसा लिन घरभित्र पसेका थिए । घरभित्र पसेका बेला माथिबाट पहिरो आएर बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बतायो । बुबा र आमा पैसा लिन पुनः घरभित्र पसेका बेला पहिरो आएर घरै बगाएको छोरा सुनिललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर बिष्टले बताए । पहिरोले घरसँगै जोशी दम्पतीको १ भैँसी र ४ बाख्रा बगाएको थियो । 

प्रकाशित: १३ श्रावण २०७७ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App