८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नक्कली अन्तःशुल्क स्टिकर बेच्ने पक्राउ

नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष साउद र संग्राम साउदलाई नियन्त्रण लिएको हो। पक्राउ परेका दुई जनालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाएको विभागले जनाएको छ।

पुल सम्पन्न नहुँदा चार महिलाको मृत्यु: ठेकेदारलाई पक्राउ गर्न प्रशासनको निर्देशन

खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले त्यहाँ निर्माणाधीन पुलका ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।

ट्यांकर चोरीमा थप एक जना पक्राउ

डिजेल लोड रहेकै अवस्थामा पार्किङ स्थलमा छाडेपछि चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौका छोप्दै चोरी भएको प्रहरीले जनाएको छ।

डाक्टरमाथि कालो मोसो दल्नेहरू समातिए

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त समुहका मुख्य व्यक्तिसँगै केही युवाहरूलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटना भएको चार दिनपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

डेढ महिनामा ३९० जना फरार प्रतिवादी पक्राउ

सुनसरीमा २५ वर्षदेखि यता विभिन्न आपराधिक घट्नामा संलग्न भएर फरार रहँदै आएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न विशेष अभियान चलाएको छ। यही क्रममा डेढ महिनाको अवधिमा ३९० जना पक्राउ परि सकेका छन्।

बाघको छाला र हड्डीसहित तनहुँबाट तीन जना पक्राउ

तनहुँबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो।

थप १० जना बिचौलिया पक्राउ

विराटनगरका अस्पतालमा उपचार गराउन बाहिरबाट आएका बिरामीलाई ठगी गर्दै बिचौलियाको काम गर्ने थप १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागू औषधसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का दिपक पाख्रिन र बाबुराम वाईबा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

धनुषामा छोराले गरे बुबा र श्रीमतीको हत्या

५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या भएको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाई(भागेश्वर) पक्राउ गरेको धनुषा प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए।

नाटकीय ढङ्गबाट शिशुको अपहरण, एक व्यक्ति पक्राउ

जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन्।

लागुऔषधसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन्।

निषेधाज्ञा उल्लघंन गर्दै प्रहरीलाई धम्की दिने पक्राउ

भ्रामक सुचना संप्रेषण गरी यात्रु ओसार–पसार गर्ने गरेको तथा सोधपुछ गर्दा प्रहरीलाई नै धम्की दिने ट्याक्सी चालक अनिल पौडेललाई प्रहरीले सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।

सुतिरहेकी महिलामाथि नकाव लगाएर सांघातिक आक्रमण गर्ने दुई पक्राउ

कटेरामा सुतिरहेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेकी ३८ वर्षीया ललिका भनिने सानिका राईलाई गत साउन १३ गते राती खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएको अभियोगमा सोही ठाउँको ऐसेलुखर्कका २८ वर्षीय टिसन राई र काभ्रेका २७ वर्षीय मने भनिने मनकुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

कोसी अस्पतालबाट नक्कली डाक्टर पक्राउ

अस्पतालको गाइनो वार्डबाट विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियाँलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेका बानियाँ सोमबार राति १२ बजेतिर अस्तपतालको गाइनो वार्डमा डक्टर हुँ भन्दै बिरामी हेर्न थालेको कोसी अस्पतालले जनाएको छ।

२३ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

कपिलवस्तु कृष्णनगर नगरपालिका ८ बहादुरगंज चोकमा लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्