१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

ट्यांकर चोरीमा थप एक जना पक्राउ

डिजेलसहितको ट्यांकर चोरी घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।विराटनगरस्थित नेपाल आयल निगमसँगै पार्किङमा डिजलसहित राखेको ट्याङकर चोरी गरेको आरोपमा विराटनगर–४ का २६ वर्षीय विक्की रायलाई पक्राउ गरेको मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।

यसअघि विराटनगर–४ का २६ वर्षीय श्रवणकुमार यादव ट्याङकर चोरी गरेर भाग्दै गर्दा पक्राउ परेका थिए। २० हजार डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर सोमबार बिहान २ बजेतिर चोरी भएको प्रहरीले जनाएको छ।  

यादव निगमकै ट्याङकर चालक रहेका उनले ३÷४ महिनाअघि मात्रै काम छाडेका थिए। डिजेल लोड रहेकै अवस्थामा पार्किङ स्थलमा छाडेपछि चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौका छोप्दै चोरी भएको प्रहरीले जनाएको छ। यादवले ट्याङकर लिएर भाग्दै गर्दा मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीबाट पक्राउ परेका थिए। पक्राउ परेका दुवै जनालाई चोरी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७८ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App