१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धनुषामा छोराले गरे बुबा र श्रीमतीको हत्या

आरोपी युवक पक्राउ

मृतकको शव गाडिएको बगैँचा। तस्बिर: नागरिक

प्रदेश २ को धनुषा जिल्ला मिथिलाविहारी नगरपालिका-५ ललिया गाउँमा एक युवकले आफ्ना बुवा र श्रीमतीको हत्या गरेको छ। ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या भएको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाई(भागेश्वर) पक्राउ गरेको धनुषा प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए।

प्रहरीले मृतक दुबै जनाको शव मण्डलको घरदेखि करिब एक सय मिटर उत्तर आँपको बगैचामा खाल्डोमा गाडेको अवस्थामा फेला पारेको एसपी रानाभाटले बताए। घटनाको जानकारी आउने वित्तिकै प्रहरीले आरोपी भागेन्द्रलाई पक्राउ गरेको उनले बताए।

भागेश्वरले मंगलबार बिहानै छरछिमेकलाई आफ्नो बुबा र श्रीमीती बेपत्ता भएको बताएका थिए। त्यसपछि स्थानीयले खोजबिन गर्दा घर छेउकै आँपको बगैचामा खाडल खनेर पुरेको जस्तो आलो माटो देखेपछि प्रहरीलाई खबर गरिएको हो।  

भागेन्द्र करिब १० वर्षदखि वैदेशिक रोजगारमा थिए। चार महिना पहिला मात्र उनी रोजगारीबाट घर फर्केका थिए। प्रारम्भिक जानकारीअनुसार घरमा विवाद हुँदै आएको भन्ने छ एसपी नाराभाटले नागरिकसँग भने,‘अनैतिक सम्बन्धको कुराहरु पनि आइरहेको छ, हामी सबै पाटो केलाउँदै छौं।’  भागेन्द्रको तीन वर्षको छोरा र चार वर्षको छोरी छिन्। घटनापछि गाउँमा त्रास र आक्रोशको माहोल छ।

प्रकाशित: ८ भाद्र २०७८ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App