१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

‘श्री ३ शर्मा महाराज’ को उपनिवेशमा गाह्रो छः सांसद विष्ट

मन्त्री छनोटको विषयलाई लिएर कर्णालीमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा विवाद बढ्दै गएको छ। एमालेभित्रको विवादका कारण कृषि मन्त्री नियुक्त भएका विनोदकुमार शाहले मन्त्रीको शपथ बहिस्कार गरेका छन् भने माओवादी भित्रको विवाद पनि सामाजिक सन्जालमा छताछुल्ल भएको छ।

माओवादी केन्द्रका सांसद विन्दमान विष्ट एमाले नेतृत्वको सरकारमा पार्टीकोतर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी हुन चाहन्थे। तत्कालीन नेपाली कांग्रेसको सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका विष्टलाई यश पटक संसदीय दलका नेता राजकुमार शर्माले मन्त्री पनि बनाएनन्।

विष्टले सामाजिक सञ्जालमा  पुर्व मुख्यमन्त्री एवम् संसदीय दलका नेता शर्मालाई 'श्री ३ महाराज' को संज्ञा दिएका छन्।

‘श्री ३ शर्मा महाराजको उपनिवेशमा गाह्रो छ हो साथी हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रकाशित: १९ वैशाख २०८१ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App