२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

२३ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

कपिलवस्तु कृष्णनगर नगरपालिका ८ बहादुरगंज चोकमा लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन्। प्रहरीले सुराकीका आधारमा कृष्णनगर नगरपालिका २ पानीट्याङ्की बस्ने वर्ष ३८ जमिल भन्ने अकिल खाँ र प्युठान नगरपालिका ८ खप्रिङ खोला बस्ने वर्ष २९ बिकास महोतरा क्षेत्रीबाट २३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।  

कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु १५ प ११९४ नम्बर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। प्रहरीले जमिलको साथबाट २३ ग्राम ब्राउनसुगर, डिजिटल तौल गर्ने हातेमेसिन थान १, नगद रु ८८० र मोबाईल फोन थान १ बरामद गरेका थियो।  

सो लागुऔषध किन्न आएका महोतरा क्षेत्रीको साथबाट १४ हजार नगद र मोबाईल थान १ बरामद गरेको प्रहरी उपरीक्षक भन्डारीले बताए।  

फेला परेको दशीसहित संलग्न मानिसहरु पक्राउ गरी र मोटरसाईकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको उनले बताए।

उक्त मोटरसाईकलका चालक निम्न वतनका जमिल भन्ने अकिल खाँ को साथबाट निम्न चिजबस्तुहरु बरामद भएको साथै उक्त लागुऔषध खरिद गर्न भनी आएका निम्न वतनका बिकास महतरा क्षेत्री समेतलाई तत्काल चेकजाँच गर्दा निजहरुको साथबाट फेला परेको दशीहरुसहित संलग्न मानिसहरु पक्राउ गरी र मोटरसाईकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको छ।

बरामद भएका दशी प्रमाणहरुः–

१) जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका ०२ पानीट्याङ्की बस्ने वर्ष ३८ जमिल भन्ने अकिल खाँ को साथबाट :  

क) ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २३ ग्राम बराबरको लागुऔषध,

ख) डिजिटल तौल गर्ने हातेमेसिन थान १,

ग) नगद रु ८८० र मोबाईल फोन थान १।

२) जिल्ला प्युठान, प्युठान न.पा ०८ खप्रिङ खोला बस्ने वर्ष २९ बिकास महोतरा क्षेत्रीको साथबाट:– ने.रु–१४००० (चौध हजार मात्र), मोबाईल थान १।

प्रकाशित: १ भाद्र २०७८ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App