१९ वैशाख २०८१ बुधबार
image/svg+xml

सुन पसल फोडेर सुनचाँदी चोरी गर्ने दुई जना पक्राउ

तीन साताअघि धरानमा सुन पसल फोडेर सुनचाँदी चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागू औषधसहित धनुषाबाट दुई जना पक्राउ

धनुषा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ।

दिनदहाडै तरबार प्रहार गर्ने समूहका दुई जना पक्राउ

सोमबार दिउँसो विराटनगरको व्यस्त बजार क्षेत्रमा महमद हलिम खानलाई तरबार प्रहार गरेको घटनामा संलग्न आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुन प्रकरणमा थप दुई जना पक्राउ

सुन प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागको टोलीले थप दुई जनालाई पक्राउ गरेको हो।

बोक्सीको आरोप लगाउने दुई जना पक्राउ

दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले बताएका छन्।

छत्तीस लाख नगद र सुनसहित सर्लाहीबाट दुई जना पक्राउ

स्रोत नखुलेको ठूलो परिमाणमा नगद तथा सुनको गहनासहित सर्लाहीमा दुई जना पक्राउ परेका छन्।

पटकासहित दुई जना पक्राउ

प्रहरीले दुहवी वडा नं.१ परासटोकी एरियामा चेकजाँचका क्रममा गढी गाउँपालिका वडा नं.३ का ५५ वर्षे ईन्द्र नारायण साहवाट किङ् कोब्रा लेखिएको १४ वन्डल पटका वरामद गरिएको जनाएको छ। साहले सेतो प्लाष्ट्रिकको वोरामा प्याकिङ् गरी काँधमा वोकि आईरहेको बेला पक्राउ गरेको हो।

भरुवा बन्दुकसहित दुई जना पक्राउ

पक्राउ परेकाहरुका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसारदुल गुल्म खप्तडले जनाएको छ।

लागू औषधसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का दिपक पाख्रिन र बाबुराम वाईबा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

२३ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

कपिलवस्तु कृष्णनगर नगरपालिका ८ बहादुरगंज चोकमा लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन्।

विभिन्न मुद्दामा फरार रहेका दुई जना पक्राउ

चितवन प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। वन पैदावर चोरी निकासी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो।

ब्राउनसुगरसहित दुई जना पक्राउ

आइतबार बेलुका वीरेन्द्रनगर–१ सोलीघोप्टेबाट २१ ग्राम ९१० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार वीरेन्द्रनगर–१ का २० वर्षीय हिमाल थापा र वीरेन्द्रनगर–२ भुरेलीका मनबहादुर बुढालाई पक्राउ गरिएको हो।

लागूऔषधसहित दुई जना पक्राउ

सशस्त्रप्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

ब्राउनसुगरसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्