२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोसी अस्पतालबाट नक्कली डाक्टर पक्राउ

विराटनगरस्थित कोसी अस्पतालबाट सोमबार राति एक जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ।  

अस्पतालको गाइनो वार्डबाट विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियाँलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेका बानियाँ सोमबार राति १२ बजेतिर अस्तपतालको गाइनो वार्डमा डक्टर हुँ भन्दै बिरामी हेर्न थालेको कोसी अस्पतालले जनाएको छ।  

गेटमा रहेको सुरक्षा गार्डलाई आफू डाक्टर भएको बताएर गाइनो वार्डमा गएर ३ जना बिरामीलाई बानियाँले जाँचेको र अन्य समयमा आउने डाक्टरको जस्तो व्यवहार नपाएपछि बिरामीका आफन्तले हल्ला गरेपछि प्रहरील पक्राउ गरेको अस्पतालले जनाएको छ। बिरामीको स्वास्थ्य परीक्षण गर्दा ग्लोब्ससमेत नलगाई उपचार गर्न खोजेपछि नक्कली डाक्टर भएको आशंका लागेपछि होहल्ला गरेपछि प्रहरीले आएर बानियाँलाई पक्राउ गरेको हो।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार मध्य राति मदिरा सेवन गरेर बिरामी जाँच्न थालेपछि नर्सहरुले प्रहरीलाई खबर गरेपछि बानियाँ पक्राउ परेका हुन्। पक्राउ परेका बानियाँको आफन्त कोभिड वार्डमा भर्ना रहेछन्। ‘आफन्त कोभिड बिरामीलाई भेट्न नपाएका बानियाँ मादक पदार्थ सेवन गरेर गाइनो वार्डमा १२ बजेतिर पुगेका रहेछन्,’ डाक्टर दासले भने, ‘पन्जालगायतका स्वास्थ्य सुरक्षा केही नपनाई बिरामी हेर्न थालेका रहेछन्। नर्सहरुले अस्पतालको डाक्टर नभई अन्य व्यक्तिले बिरामी जाँचेको देखेपछि प्रहरीलाई खबर गरेका हुन्।’  

अस्पतालको आन्तरिक सुरक्षा व्यवस्था मजबुत बनाए पनि केही प्राविधिक कारणले गर्दा सुरक्षामा समस्या परेको छ। डाक्टर दासले भने, ‘प्राय सबै वार्ड जाने एउटै गेट भएकाले समस्या भएको हो। पक्राउ परेकालाई आवश्यक कारबाही गर्न प्रहरीलाई पत्रसमेत पठाएका छौं।’

‘कोसी अस्पतालबाट राति १२ बजेतिर डाक्टर बनेर बिरामी जाँच्दै गर्दा अमृत बानियाँ पक्राउ परेका छन्,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘मदिरा सेवन गरेका बानियाँ नक्कली डाक्टर बनेर बिरामीको स्वास्थ्य जाँच गरेको पाइएको छ।’ पक्राउ परेका बानियाँविरुद्ध अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ भाद्र २०७८ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App