३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

लागू औषधसहित दुई जना पक्राउ

लागूऔषधसहित पक्राउ परेकाहरु। तस्बिर: नागरिक

ईलाका प्रहरी कार्यालय सिमरा बाराले बुधबार लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का दिपक पाख्रिन र बाबुराम वाईबा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।  

पथलैयाबाट वीरगन्ज तर्फ आउँदै गरेको ना. ४६ प.५९३१ नम्वरको मोटरसाइकलाई बीरगंज पथलैया सडक खण्डको रातो पुल नजिक रोकी चेकजाँच गर्दा मोटरसाइकल सहित उनीहरु गाँजा ओसार्दै गरेको अवस्थामा पक्राउ परेको मिश्रले बताए।

दिपक पाख्रिनले मोटर साइकल चलाउँदै गरेको र पछाडी परेका बाबुराम वाईबाले पिठ्युमा बोक्ने झोला भित्र राखी लुकाई राखिएको अवस्थामा १५ किलो लागू औषध गाँजा बरामत गरिएको मिश्रले बताए। पक्राउ परेका दुबै जनालाई बारा जिल्ला अदालतबाट  अनुमति लिई थप अनुसन्धानको लागि हिरासतमा राखीएको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७८ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App