१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

मुलपानी, विराटनगर र फाप्ला क्रिकेट मैदानको निर्माण तीव्र पारिने

सरकारले आगामी आर्थिक वर्षमा काठमाडौंको मुलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणमा तीव्रता दिने भएको छ।

आगामी आर्थिक वर्षका लागि आज संघीय संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममा उक्त योजना उल्लेख छ 

यस्तै चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको काम संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा शीघ्र निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पनि स्तरोन्नतिसहित निर्माण गर्ने योजना सरकारले लिएको छ।

प्रकाशित: १ जेष्ठ २०८१ १६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App