१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

सिंहदरबारमा दाहाल, ओली र लमिछानेबीच छलफल

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल जारी छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबने भोलि सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुन नदिने निर्णय गरेपछि संसदीय छानबिन समिति बनाउने विषयमा छलफल गर्न तीन नेताबीच छलफल भएको बताइएको छ।

तीन दलको छलफलपछि प्रधानमन्त्रीले आजै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग संवाद गर्ने बताइएको छ। कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।

प्रधानमन्त्री दाहालले छानबिन समितिप्रति सकारात्मक रहेपनि सत्ताको प्रमुख दल एमाले समिति बनाउन नहुने पक्षमा छ।

प्रकाशित: ३१ वैशाख २०८१ १७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App