१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेल तामझाम बिनै संसद् भवनमा

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना नै सामान्य रुपमा सङ्घीय संसद् भवन पुगेका छन्। उनको सवारी अन्य अवस्थाको जस्तै सामान्य भएकाे सुरक्षा निकायले जनाएको छ।

राष्ट्रपति पौडेलको सवारी आज नयाँ बानेश्वरबाट मात्रै ‘घोडसवार फौज’ सहितको ‘कारगेड’ भएकाे थियाे। उनलाई संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरेका थिए भने नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेका थिए।

राष्ट्रपति पौडेल गत वर्ष पनि तामझाम बिना नै संसद् भवन नयाँ बानेश्वर गएका थिए। विगतमा नयाँ बानेश्वरसम्मको बाटो खाली गराएर राष्ट्रपति भवन शीतल निवासबाटै घोडसवार फौजसहित विशेष सवारी गर्ने गरिएको थियो।

राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा आज अपराह्न ३ बजे प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान राष्ट्रपतिको संसद् प्रवेशको ‘रिहर्सल’ गरिएको थियो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन सिँगारिएको छ। संसद् भवन परिसरमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।

प्रकाशित: १ जेष्ठ २०८१ १५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App