१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कार्की

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको हो।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ।

यसअघिका प्रहरी डिआइजी भीमप्रसाद ढकाल एआईजीमा बढुवा भएर मानव स्रोत विभागमा बढुवा भएपछि कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो।

प्रकाशित: ३१ वैशाख २०८१ २०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App