५ आश्विन २०८१ शनिबार
image/svg+xml

हाकिमको किर्ते हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

हाकिमको किर्ते हस्ताक्षर गरी बिल पास गराउने एक जना कर्मचारी पक्राउ परेका छन्। रौतहटको गरुडा नगरपालिका कार्यालय गरुडामा कार्यरत एक कर्मचारीले कार्यालय प्रमुखको कीर्ते हस्ताक्षर गरी बिल फछ्र्यौट गर्न खोज्दा प्रहरीको फन्दामा परेका छन्।

सर्लाहीमा स्रोत नखुलेको पौने तीन लाखसहित भारतीय पक्राउ

सर्लाही प्रहरीले स्रोत नखुलेको करिब पौने तिन लाख नेपाली रुपैयासहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपका लागि अदालत लगिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थप गरिने भएको छ। आज उनीहरुलाई अदालतमा उपस्थित गराइँदै छ।

बयानमा नाम आएका व्यक्ति जुनसुकै बेला पक्राउ पर्न सक्ने

यस्तै प्रहरी अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वगृहसचिवहरू प्रेम राई र महेश्वर न्यौपाने, सांसदहरू आरजु राणा देउवा र मन्जु खाण, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहितका सातजनालाई संगठित अपराध ऐन २०७० को दफा २२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम प्रमाण खुलेका बखत पक्राउ गर्न सक्नेगरी सिफारिस गरेको छ।

५ लाख भारतीय नोटसहित २ जना पक्राउ

ट्र्याक्टरसँग ठोक्किएपछि मोटरसाइकलमा भाग्न खोज्ने कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २ जना करिब ५ लाख भारतीय नोटसहित पक्राउ परेका छन्।

कक्षा १२ को परिक्षा दिन आएकी नक्कली परिक्षार्थी पक्राउ

कक्षा १२ को परिक्षा दिन गएका एक जना नक्कली परिक्षार्थी पक्राउ गरेका छन्। परिक्षा दिई रहेको अवस्थामा केन्द्राअध्यक्षले चेकजाँच गर्दा एक जना नक्कली परिक्षार्थी भेटिएकी हुन्।

अवैध रूपमा रुख काटेको आरोपमा अध्यक्ष पक्राउ

वन कार्यालयबाट अनुमति नलिई सालका रुख काटेको आरोपमा जिल्लाको कटारी नगरपालिका–३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन्। समूहको वनक्षेत्रबाट रुख काटेको आरोपमा अध्यक्ष बद्रीकुमार घिमिरे पक्राउ परेका हुन्।

अवैध रुख काटेको आरोपमा वन समूहका अध्यक्ष पक्राउ

वन कार्यालयबाट अनुमति नलिई दर्जनौ सालका रुख काटेको आरोपमा जिल्लाको कटारी नगरपालिका ३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन्।समूहको वनक्षेत्रबाट रुख काटेको आरोपमा अध्यक्ष बद्रीकुमार घिमिरे पक्राउ परेका हुन्।

चरेस र झन्डै चार लाख नगद सहित २ जना पक्राउ

कपिलवस्तुमा चरेस सहित २ जना पक्राउ परेका छन। शिबराज नगरपालिका वडा नम्बर ९ बनियाभार लक्करबन्दी ३५ बर्षिया हरि कुमारी रोका (४१ प्याकेट) ४ किलो १०० ग्राम चरेस र ११६ ग्राम गाँजा सहित पक्राउ परेकी हुन।

श्रीमतीलाई मारेर सेफ्टी ट्याङकीमा फाल्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् साढे दुई महिना पछि पक्राउ परेका छन। श्रीमतीको हत्यापछि कपिलवस्तुको चन्द्रौटा स्थित सेफ्टी ट्याङकीमा फ्याँकेर भाग्ने श्रीमानलाई प्रहरीले पक्रेको हो।

नाबालिका बेच्ने युवती पक्राउ

एक नाबालिकालाई भारत लगेर बेच्ने मुख्य भूमिकामा रहेकी युवती एलिना खत्रीलाई प्रहरीले पक्रेको छ। भारतको आसाम पुर्याई नाबालिका बेचबिखन गर्ने म्याग्दी रघुगंगा गाउँपालिका ३ की ३० वर्षे एलिना खत्रीलाई प्रहरीले झापाबाट प्रक्राउ गरेको हो।

मोटरसाइकल चोरीमा संलग्न आरोप ५ जना पक्राउ

मोरङको विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

उनका अनुसार आइतबार कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले शंका लागी चेक गर्दा नेपाली रुपैयाँ ४ लाख ६२ हजार ५ सय बरामद गरेको हो।

साथीलाई हत्या गरेको आरोपमा दुईजना पक्राउ

जनकपुरधाम उपमहानगरपालिका ७ का २४ वर्षीय मोहमद गुलाम मंसुर भन्ने रवानी मंसुरको मृत्यु प्रकरणमा उनकै साथीको संलग्नता देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्