७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जनालाई विराटनगर–११ पञ्चाली मोडबाट आइतबार प्रहरीले पक्राउ गरेको छ।  

विराटनगर–१५ का ४३ वर्षीय अनिल यादवलाई स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार आइतबार कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले शंका लागी चेक गर्दा नेपाली रुपैयाँ ४ लाख ६२ हजार ५ सय बरामद गरेको हो।  

पक्राउ परेका यादव सवार बिआर ३३ जेट ९७९६ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। यादवले उक्त रुपैयाँको स्रोत देखाउन नसकेपछि पक्राउ गरी थप अनुसन्धानको प्रक्रिया अघि बढाएको डिएसपी दाहालले बताए।  

प्रकाशित: १ जेष्ठ २०८० ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App