२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चरेस र झन्डै चार लाख नगद सहित २ जना पक्राउ

कपिलवस्तुमा चरेस सहित २ जना पक्राउ परेका छन। शिबराज नगरपालिका वडा नम्बर ९ बनियाभार लक्करबन्दी ३५ बर्षिया हरि कुमारी रोका (४१ प्याकेट) ४ किलो १०० ग्राम  चरेस र ११६ ग्राम गाँजा सहित पक्राउ परेकी हुन।

 प्रहरीले विशेष सुराकीको आधारमा उनको घरमा  छापा हानी सो लागु औषध सहित भारतीय र नेपाली दरको बिभिन्न नोट गरी जम्मा रू.३ लाख ९६ हजार ,५८५ र सुन जस्तो देखिने माडबारी १ जोर ( ४८.८ लाल ) र चाँदी जस्तो देखिने पाउजु १ जोर ( २३.५६० ग्राम ) फेला परेको हो। सो घटनामा पक्राउ परको महिलाको बयानका आधारमा शिबराज नगरपालिका वडा नं.१ बनकट्टी बस्ने वर्ष ५६ का देब प्रसाद कामी समेत पक्राउ परेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए। दुबैलाई लागु औषध सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप भई अनुसन्धान भई रहेको उनले बताए।   

प्रकाशित: ४ जेष्ठ २०८० १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App