२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

५ लाख भारतीय नोटसहित २ जना पक्राउ

ट्रयाक्टरसँग ठोक्किएपछि मोटरसाइकलमा भाग्न खोज्ने कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २ जना करिब ५ लाख भारतीय नोटसहित पक्राउ परेका छन्। २ जना ४ लाख ९९ हजार ५ सय भारतीय नोटसहित शनिबार दिउँसो पक्राउ परेका हुन्। उनीहरूलाई वडा प्रहरी कार्यालय तौलिहवाको टोलीले नियन्त्रणमा लिएको हो।

तौलिहवाको बहादुरगन्ज जाने चोकमा बहादुरगन्जबाट तौलिहवातर्फ आउँदै गरेको लु ७६ प ८५७ नम्बरको मोटरसाइल र विपरीत दिशातर्फ जाँदै गरेको लु २ त ५१२१ नम्बरको ट्रयाक्टर आपसमा ठोक्किएका थिए।

ट्रयाक्टरसँग ठोक्किएपछि मोटरसाइकलमा भाग्न खोज्ने कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २ जना करिब ५ लाख भारतीय नोटसहित पक्राउ परेका छन्। २ जना ४ लाख ९९ हजार ५ सय भारतीय नोटसहित शनिबार दिउँसो पक्राउ परेका हुन्।

बहादुरगन्च चोकस्थित एक बिर्यानी पसलमा खाएर मोटरसाइलमा सवार भएपछि कसैले पिछा गरेको भन्ने लागेपछि दुवैजना आत्तिएका थिए। आत्तिएर ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किएको थियो। घटनामा मोटरसाइकलमा सवार २ जना घाइते भएका थिए।

घाइते मोटरसाइकलचालक कृष्णनगर नगरपालिका ९ का ३५ वर्षीय मनोज गुप्ता र पछाडि सवार कृष्णनगर नगरपालिका ३ का ४४ वर्षीय सोमनाथ चौहानलाई तत्काल उद्धार गर्ने वडा प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो।

दुवैले शंकास्पद गतिविधि देखाएपछि तत्कालै खानतलासी र चेकजाँच गर्ने क्रममा मोटरसाइकलको लेगगार्डमा पहेंलो प्लास्टिकभित्र लुकाइछिपाई राखेको अवस्थामा भारतीय रूपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले बताए।

प्रकाशित: ८ जेष्ठ २०८० ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App