१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

स्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ

स्रोत नखुलेको १२ लाख रकमसहित दुई जना भारतीय नागरिक वीरगन्जबाट पक्राउ परेका छन। पक्राउ पर्नेमा भारत विहार जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने धनन्जय कुमार गुप्ता. र मुसाहेब आलमलाई पक्राउ गरेको हो। 

पर्साको बिन्दबासीनी गाउँपालिका–५ प्रसौनीभाटा पुल स्थित चेकजाँचको क्रममा प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो।

बीआर ०५ एस ४७०२ नम्बरको मोटरसाईकलमा आईरहेका दुबैजनाको साथबाट एक हजार दरको आठ सय थान,पाँच सय दरको आठ सय गरि  १२ लाख रकम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।

प्रकाशित: २७ वैशाख २०८० १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App