३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हाकिमको किर्ते हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

हाकिमको किर्ते हस्ताक्षर गरी बिल पास गराउने एक जना कर्मचारी पक्राउ परेका छन्। रौतहटको गरुडा नगरपालिका कार्यालय गरुडामा कार्यरत एक कर्मचारीले कार्यालय प्रमुखको कीर्ते हस्ताक्षर गरी बिल फछ्र्यौट गर्न खोज्दा प्रहरीको फन्दामा परेका छन्।

नगरपालिका कार्यालयमा पोषणसम्बन्धी शाखामा कार्यरत कर्मचारी रामनारायण सहनीले कार्यालय प्रमुख भूदेव झाको कीर्ते हस्ताक्षर गरेको फेला परेको छ। पोषणसम्बन्धी एउटा गोश्वारा भौचरमा सहनीले कीर्ते हस्ताक्षर गरी फछ्र्यौट गरेको फेला परेको हो।

पाँच लाख रुपैयाको गोश्वारा भौचरमा सहनीले कार्यालय प्रमुख भूदेव झाको कीर्ते हस्ताक्षर गरी फछ्र्यौट गरेको फेला परेपछि कार्यालय प्रमुख भूदेव झाले प्रहरीलाई खबर गरेका थिए । सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि सहनीले किर्ते गरेको हुन सक्ने र किर्तेमा अन्य कर्मचारीको पनि संलग्नता हुन सक्ने सम्भावना रहेको छ ।

प्रकाशित: ११ जेष्ठ २०८० ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App